आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल : देउखुरी, धनगढी र उपत्यकामा बढी प्रदुषण

काठमाडौ । नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको छ।

स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार लामो समयदेखि पानी नपर्दा नेपालको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको हो । प्रदुषित शहरको शीर्ष स्थानमा भारत रहेको छ ।

आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब रहेको र त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको वातावरण विभागले जनाएको छ। 

कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैँसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको छ ।