काठमाडौं । सदाबहार मिडियाद्वारा सञ्चालित नेपालबहस डटकमका अध्यक्ष एवं प्रधानसम्पादक एवं नेपाली कांग्रेस सूचना संचार तथा प्रचार विभागका सदस्य इन्द्रबहादुर रिजाललाई पितृशोक परेको छ ।
रिजालका पिता डिल्लीराज रिजालको फागुन २९ गते मंगलबार राती ९ बजे निधन भएको हो ।
स्याङजा जिल्लाको विरुवा गाँउपालिकास्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए ।
दिवङ्गत रिजालका पत्नीसहित एक छोरा र दुई छोरी छन् ।