भक्तपुर । भक्तपुरको पलाँसेमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सूर्यविनायक नगरपालिका–९, पलाँसेस्थित सिवर्ड रेष्टुरेन्ट अगाडिको खोल्सामा आइतवार बिहान एक युवक मृत फेला परेका हुन् ।
मृतकको पहिचान खुल्न सकेको छैन । मृतक अन्दाजी २५/३० बर्षको जस्तो देखिने प्रहरीले जनाएको छ । खोल्सामा उत्तानो परेको अवस्थामा शव फेला परेको हो । मृतकले कालो हाप टिसर्ट र कालो पाइन्ट लगाएका छन ।
घटनास्थलमा प्रहरी वृत्त जगातीका प्रहरी निरिक्षक कञ्चन राजचलको नेतृत्वमा प्रहरी परिचालन भई अनुसन्धान भइरहेको बताइएको छ ।






