नेपाली बजारमा आयो नयाँ स्मार्टफोन

काठमाडौँ । HONOR ले नेपालमा आफ्नो नयाँ स्मार्टफोन HONOR X9d सार्वजनिक गरेको छ। मजबुत डिजाइन, शक्तिशाली प्रदर्शन र उच्च विश्वसनीयताका साथ HONOR X9d आधुनिक प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ ।

यस स्मार्टफोनमा २.५ मिटर ड्रप रेसिस्टेन्स, IP69K रेटिङ, ८३००mAh क्षमताको ठूलो ब्याट्री र १०८MP उच्च रेजोलुसन क्यामेरा जस्ता विशेषता छन्।

HONOR X9d दुई भेरियन्टमा उपलब्ध हुनेछ । 8GB RAM + 256GB स्टोरेजको मूल्य रु. ५४,९९९ र 12GB RAM + 256GB स्टोरेजको मूल्य रु. ५९,९९९ तोकिएको छ।

लञ्च अवसरमा HONOR ले जनवरी २३ देखि २८ सम्म प्रि–बुकिङ अफर सार्वजनिक गरेको छ। प्रि–बुकिङ गर्ने ग्राहकले HONOR Choice Watch 2 Pro निःशुल्क पाउनेछन्। साथै, एक वर्षको सेवा सुविधा समेत उपलब्ध गराइनेछ।

यसका अतिरिक्त, एक जना भाग्यशाली ग्राहकले Deepal S05 कार जित्ने अवसर पनि पाउने HONOR ले जनाएको छ।

HONOR X9d देशभरका आधिकारिक HONOR आउटलेट तथा रिटेल स्टोरमा प्रि–बुक गर्न सकिनेछ।