माओवादी केन्द्र निकट कर्मचारी संगठनको सिटिइभिटि अध्यक्षमा पराजुली

नेकपा(माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सिटिइभिटि) केन्द्रीय समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । शनिबार सानोठिमीमा सम्पन्न चौथो केन्द्रीय महाधिवेशनबाट रामकृष्ण पराजुलीको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर खत्री निर्वाचित हुँदा उपाध्यक्ष (खुला) केशरमान बुढाथोकी, उपाध्यक्ष(महिला) सुनिता गौतम र अन्य दुई उपाध्यक्षमा […]

काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा तीन दिने प्रदर्शनी, आज अन्तिम दिन

काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम दिन हो । बिहीबारबाट शुरु सो प्रदर्शनी शनिवार साँझ सकिँदैछ । ‘दृष्टि ३.०’ नाम दिइएको प्रदर्शनीमा कलेजले इन्जिनियरिङ क्षेत्रमा आफ्नो आविस्कार, प्रयोग, ज्ञान र सीपलाई प्रदर्शन गरिरहेको छ । कलेजका अध्यक्ष तथा प्राचार्य प्राध्यापक इ. हिरेन्द्रमान प्रधानले एकेडमीक नतिजा उत्कृष्ट […]

माओवादी केन्द्रको नगर नेतृत्व चयनका लागि मतदान

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नगर नेतृत्व चयनका लागि सिन्धुपाल्चोकमा मतदान भएको छ । जिल्लाको बलेफी गाउँपालिकाको तेस्रो सम्मेलनमा मतदानबाट नेतृत्व निर्वाचित गरिएको हो । सहमति नजुट्दा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सहसचिवमा मतदान गर्नु परेको थियो ।  अधिवेशनले मतदान बाट अध्यक्षमा कालिप्रसाद लामा, उपाध्यक्षमा रेशम कार्की, कोषाध्यक्षमा यशोदा पौडेल र सहसचिवमा जयराम […]

पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुरले स्थापना गरेको छुट्टाछुट्टै पत्रकारिता पुरस्कारबाट उनीहरू पुरस्कृत भएका हुन् । बिहीबार पाँचौँ जिल्ला अधिवेशनको अवसर पारेर दाहाललाई ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार- २०८०’ प्रदान गरिएको छ भने पोखरेलले ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार-२०८०’ पाएका छन्। पुरस्कृत हुने दाहाल […]

भक्तपुर उद्योग बाणिज्य संघको ३७ औं साधारण सम्पन्न

  भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सरकारको ध्यान कृषि क्षेत्रमा लगाउनुपर्ने आवश्यकता औंल्याएका छन्। भक्तपुर उद्योग वाणिज्य संघको ३७औं वार्षिक साधारण सभा उद्घाटन गर्दै सुवालले कृषि प्रधान देश भए तापनि चामल जस्ता खाद्यान्नमा भारतमा निर्भर हुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। उनले प्रश्न गरे, “भारतले दाल चामल […]

पत्रकार महासंघ उपत्यका कोषाध्यक्ष संजीप शुभचिन्तकद्वारा पदभार ग्रहण

काठमाडौ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे ‘शुभचिन्तक’ ले अनामनगरस्थित महासंघ कार्यालयमा पदभार ग्रहण गरेका छन्। उनले यसअघि कोषाध्यक्षको जिम्मेवारी नवनिर्वाचित टोलीसँग सामूहिक रुपमा ७ पुसमा लिन नसके पनि मंगलवार औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन्। पद हस्तान्तरण कार्यक्रममा महासंघका निवर्तमान प्रदेश कोषाध्यक्ष अर्जुन पन्तले कोष हस्तान्तरण गरेका थिए। कार्यक्रममा घिमिरेले […]

एसईईको खुल्यो आवेदन फारम(हेर्नुस् सूचना)

एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना सम्मको समय सीमा दिएर परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार आवेदन फारम खोलेको हो । नियमित विद्यार्थीका साथै बैकल्पिक र खुला विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत परीक्षा आवेदन फारम भर्न एकै समय दिइएको छ । विद्यार्थीहरुले जन्म दर्ता, विद्यालय पोशाकमा हालसालै खिचेको फोटो […]

बीआरआईमार्फत नेपालको समृद्धि सम्भव

बिराटनगर । चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआई मार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले पुस ३ गते बुधबार विराटनगरमा आयोजना गरेको “नेपाल–चीन साँस्कृतिक तथा आर्थिक सम्बन्ध” विगतदेखि वर्तमानसम्म विषयक अन्तरक्रियामा बोल्दै राजनीतिज्ञहरुले सो विचार व्यक्त गरेका हुन् । होटल इस्टर्न स्टारमा आयोजित एक दिने अन्तरक्रियामा प्रमुख अतिथीको आसनबाट […]

शिव प्रधानको “प्रेमाश्रु” बजारमा

२०८१ पुस ५, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा उपन्यासकार शिव प्रधानको “प्रेमाश्रु” उपन्यासको लोकार्पण गर्‍यो ।  सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले गरेका हुन् । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका सर्जक प्रधानलाई मायाको चिनोसहित सम्मान गरिएको थियो […]

सापसद्वारा सिटौला र उप्रेती सम्मानित

२०८१ मङ्सिर २५,  काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले  डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा  वरिष्ठ सर्जक मोहन सिटौला (अमेरिका) लाई अभिनन्दन गर्‍यो । यसैगरी  कवि सुरेन उप्रेतीलाई “व्यथित काव्य डायस्पोरा सम्मान”बाट सम्मानित गर्‍यो । अनेसासका पूर्व अध्यक्ष सिटौला र पूर्व महासचिव उप्रेती दुबै सम्मानित सर्जकलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. […]