अखिल(क्रान्तिकारी) को महासचिवमा एक्ली महिला उम्मेदवार तिर्सना हमाल : इतिहास रच्ने दावी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनमा ठूलो संख्यामा उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । सकेसम्म कम उम्मेदवार बनाउने पार्टी नेताहरुको भरमग्दुर प्रयासका बाबजुत आकांक्षीहरुको संख्या ठूलो देखिएको छ । संगठनको अध्यक्ष पदमा ५ जना र महासचिव पदमा ८ जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । सबैभन्दा महत्वपूर्ण मानिएको […]

अखिल(क्रान्तिकारी)का महासचिव उम्मेदवार प्रतिक, जसको बुबाआमा नै जनयुद्धमा शहीद बने

खोटाङ, १० माघ २०८१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा खोटाङका प्रतिक कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रतिकले अखिल क्रान्तिकारीको यही माघ–१२ गते देशभर एकैसाथ हुने राष्ट्रिय निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् । बुबा शहीद दिलकाजी […]

भक्तपुरमा कारसंग ठोक्किँदा मोटरसाइकलमा सवार महिलाको निधन

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ । गत सोमबार क्षमादेवी ग्रुपको गोदाम नजिक मोटरसाइकल र कार ठक्कर खाँदा दुर्घटना भएको थियो । ज्यान गुमाउने महिला भोजपुरको पात्लेपानी गाउँपालिका- ६ घर भई पेप्सिकोला बस्ने २३ वर्षिया सपना राई रहेकी छन् । उपचारका क्रममा बुधवार साँझ […]

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने विधेयक संसदमा पेस हुने

काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, […]

सर्लाहीको घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने

भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन- ५ घुर्कौलीमा ल्होछार  साँस्कृतिक महोत्सव हुने भएको छ । माघ १६, १७ र १८ गते तीन दिनसम्म महोत्सव हुने भएको हो । तामाङ समुदायको संस्कृती र सभ्यतालाई संसारभरि चिनाउने उदेश्यले तामाङ समुदायको २८६१ औं डुक /सापुख्रि बर्षको अवसर पारेर बृहत ल्होछार सांस्कृतिक मेला महोत्सवको आयोजना गर्न लागेको संयोजक सिंहलाल […]

सुनकोशी गाउँपालिकामा ग्रामकाली मावि बन्यो राष्ट्रपति रनिङ शिल्डको बिजेता

सिन्धुलीको सुनकोशी गाउँपालिकामा ग्रामकाली मावि राष्ट्रपति रनिङ शिल्डको बिजेता बनेको छ । गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० माविलाई पछि पार्दै वडा नम्बर ६ अमारेस्थित ग्रामकाली मावि बिजेता बनेको हो । प्रतियोगितामा समावेश खेलका ३० बिधामा ग्रामकालीले ८ स्वर्ण, ४ रजत र ४ कास्यगरी १६ पदकसहित प्रथम स्थान हासिल गर्न सफल भएको शिक्षक दिपक […]

लियो क्लवले स्पीच कम्पिटिसन आयोजना गर्ने

काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन आयोजना गर्ने भएको छ । शनिबार बसेको सौहार्दको कार्यसमिति बैठकले मार्च ८, २०२५ अर्थात् २०८१ साल फागुन २४ गते शनिबारको दिन उक्त स्पीच कम्पिटिसन आयोजना गर्ने निर्णय गरेको हो । लियो क्लबले अन्तरराष्ट्रीय महिला दिवसको अवसरमा यस्तो कार्यक्रम गर्न लागेको […]

भाटभटेनीमै भेटियो प्याकेजिङ नगरिएको खाद्यवस्तु

ललितपुर । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँ दोबाटोस्थित भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गिता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन समितिले सोमबार अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख नगरिएको तथा मापदण्डअनुसार प्याकेजिङसमेत नगरिएको इम्लीको अचार फेला परेको थियो। ‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज […]

सुकुटे पुगे प्रचण्ड, भोली फर्कने

काठमाडौं, २९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । साेमवारका लागि तय भएकाे पदाधिकारी बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड सुकुटे पुगेका हुन् । सो क्रममा सिन्धुपाल्चोक पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका थिए । भोलि हुन गइरहेको सातौ […]

राष्ट्रपति पौडेलले जारी गरे ४ अध्यादेश, एक अझै बाँकी

काठमाडौं, २९ पुस ।  राष्ट्रपति रामचन्द्र पौडेल गत पुस २६ गते सरकारले सिफारिस गरेका ४ अध्यादेश जारी गरेका छन् ।  सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम केपी ओली सरकारले सिफारिस गरेका ४ अध्यादेशहरू जारी गरेका हुन् ।  राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको बिज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन […]