डोल्पाको त्रिपुरा मावि केन्द्रमा एसईई शान्तिपूर्ण

दिर्घ बहादुर शाही, डोल्पा । त्रिपुरा मा.वि. काइगाउँ, डोल्पाको केन्द्रमा आज भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

विद्यालयमा आज पहिलो दिन स्तरबृद्धि सहित १ सय ६५ जना  परीक्षार्थीले परीक्षा दिए । नियमित परीक्षामा ८१ जना छात्र ७५ जना छात्रा सहभागी भएका छन् । परीक्षामा ३ जना छात्र र ४ जना छात्रा अनुपस्थित भए।

स्तरवृद्धि परीक्षामा १७ जना छात्र र १४ जना छात्रा सहभागी भएको केन्द्राध्यक्ष जयबहादुर बस्नेतले बताए ।

ग्रेट बृद्धि तर्फ १ जना छात्र अनुपस्थित रहेको परीक्षा केन्द्रका केन्द्राध्यक्ष बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार परीक्षा मर्यादित र शान्त वातावरणमा सम्पन्न भएको छ। “विद्यार्थीहरू अनुशासित रूपमा बसेर परीक्षा दिए। कुनै अवाञ्छित गतिविधि भएन,” उनले भने।