राम र अयोध्याबारे प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति मोदीको पार्टीले गर्यो निन्दा

काठमाडौं, ३० असार । भानु जयन्तिका दिन बालुवाटारमा अायाजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अयाेध्या र प्राचीन अयाेध्याका राजकुमार रामका बारेमा गरेकाे टिप्पणीकाे सर्वत्र अालाेचना भएकाे छ । यसैक्रममा भारतकाे सत्तारुढ दल भारतीय जनता पार्टीले समेत अाेलीकाे अभिव्यक्तिकाे निन्दा गरेकाे छ । सोमबार प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै तथ्यहरुमाथि भारतले अतिक्रमण […]

भानुभक्तको २०७ औँ जन्मजयन्ती मनाईँदै

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती सोमबार देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा […]

मन्त्री बस्नेतले पहिरो पीडितका लागि राहत लिएर गएको हेलिकोप्टर झन्डै दलदलमा फसेपछि

जाजरकोट, २८ असार । आइतबार वनमन्त्री शक्ति बस्नेत जाजरकोटको उत्तरपूर्वी क्षेत्र बारेकोट गाउँपालिकाका पहिरो पीडितका लागि राहत लिएर गए । पहिरोबाट अहिलेसम्म ११ जनाको शव भेटिएको, ४ जना वेपत्ता रहेको र पाँच सयभन्दा बढी घर परिवार नै विस्थापित भएको बारेकोट क्षेत्रका जनताका लागि राहत लिएर काठमाडौंबाट बारेकोट पुगेका वनमन्त्री बस्नेत चढेको हेलिकोप्टर झण्डै पहिरो गएको […]

बाढीले प्रशारण लाइनको पोल ढलेपछि तीन जिल्लाको विद्युत अवरुद्ध

उदयपुर, २८ असार । केहीदिनदेखि परेकाे अविरल वर्षाले देशभर ठूलाे जनधनकाे क्षति भएकाे छ । वर्षाका कारण बढेकाे बाढीले प्रशारण लाइनकाे पाेल ढालेपछि प्रदेश १ अन्तर्गतका तीन जिल्लामा विद्युत अापूर्ती नै अवरुद्ध भएकाे छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युतकाे दुई वटा पोल ढालेपछि शनिबार दिउँसोदेखि खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा […]

म्याग्दी पहिरोमा ३२ जना बेपत्ता, पोखरा पहिरोमा सात जनाको मृत्यु

पाेखरा, २६ असार । प्रदेश पाँच अन्तर्गत म्याग्दी र पाेखरामा पहिराेले ठूलाे धनजनकाे क्षति पुर्याएकाे छ । म्याग्दीमा गएकाे पहिराेमा परेर ३२ जना वेपत्ता भएका छन भने पाेखरामा गएकाे पहिराेमा परेर सात जनाकाे मृत्यु भएकाे छ । बिहीबार रातिबाट परेकाे अविरल वर्षाका कारण म्याग्दीमा गएकाे पहिराेमा दर्जनौं घर पुरिनुका साथै ३२ जनाभन्दा बढी बेपत्ता भएका […]

जाजरकोटमा भीषण पहिरो, १२ वेपत्ता, दुई घरमा रहेका सबै पहिरोमा परे

जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिकामा गएराति गएको पहिरोमा परी १२ जना वेपत्ता भएका छन् । पहिरोमा परी वेपत्ता हुनेमा २ परिवारका चार-चार जना सदस्य र ती घरमा बसेका पाहुना समेत रहेका छन् । बारेकोट गाउँपालिका वार्ड नं. ४ जिरीको सार्कीटोलमा उक्त पहिराे गएकाे हाे । पहिरोमा एक जनाको शव देखिएको स्थानीयले जानकारी दिएका […]

सार्वजनिक यातायात खुल्ला, सरकारले नै बढायो ५० प्रतिशत भाडा

काठमाडौँ, २५ असार । लकडाउनकाे करिव ४ महिना पुग्नै लाग्दा सरकारले राजधानीका तीन जिल्लासहित केही अन्य जिल्लामा सार्वजनिक यातायात सञ्चालन गराउने निर्णय गरेकाे छ । तर यात्रुहरुबाट चर्काे भाडा असुल्ने गरेकाे भनेर अालाेचना हुने यातायात व्यवसायीलाइ यात्रुहरुबाट ५० प्रतिशत बढी भाडा उठाउन अनुमति दिएकाे छ । यसले यातायात व्यवसायीकाे मनपरि झन बढ्ने देखिएकाे छ । […]

बहिनीलाइ कुटपिट गरी नदीमा धकेलेको र मृत्यु भएको भन्दै दाजु पक्राउ

कञ्चनपुर । बहिनीलाइ नदीमा धकेलेर हत्या गरेकाे अाराेपमा कञ्चनपुर प्रहरीले एक व्यक्तिलाइ पक्राउ गरेकाे छ । सुरुमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको भनिए पनि पछि प्रहरीले त्यसमा दाजुकाे हात रहेकाे सूचना अाएपछि बालिकाका दाजुलाइ पक्राउ गरेकाे हाे । कञ्चनपुरकाे भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको बिहीबार बिहान शव फेला परेको थियाे । […]

सरकारसँग १२ बुँदै सहमति गरेर अनसन तोडे इनफ इज इनफका अनसनकारीले

काठमाडौँ । कोरोना भाइरस विरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ र सरकारबिच सहमति भएको छ । स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबिच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही इशान अधिकारी (इ) सहितले अनशन तोडेका छन् । सत्याग्रही युवा र […]

सयाैं भारतीय सुरक्षाकर्मी प्रवेश गरी सडक निर्माणमा अवराेध : जिप्रका भन्छ थाहा छैन

कञ्चनपुरको बेलौरीमा सयाैं भारतीय सुरक्षाकर्मी प्रवेश गरेर सडक निर्माणमा अवराेध गरेका छन् ।पचुँइस्थित सीमा स्तम्भ नम्बर ३८ नजिक निर्माण भइरहेकाे हुलाकी सडक निर्माणमा उनीहरुले अवराेध गरेका हुन् । १ दर्जन बढी गाडी चढेर हातहतियार सहित आएको भारतीय सुरक्षाकर्मीको फाैजले अवरोध गरेपछि सडक निर्माण कार्य रोकिएको छ । उनीहरुले उक्त क्षेत्र भारतकाे दाबी गर्दै सडक निर्माण […]