काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले नेपालभर १० लाख घरधुरीमा इन्टरनेट जडानको ऐतिहासिक उपलब्धिको अवसरमा १० जना भाग्यशाली ग्राहकलाई आइफोन १६ उपहार प्रदान गरेको छ।
सोही क्रममा कीर्तिपुरबासी एक सेवाग्राहीले पनि सो पुरस्कार पाएका शाखा प्रवन्धक युरेक पोखरेलले बताएका छन् । उपहार प्राप्त गर्ने भाग्यशाली ग्राहकहरूमध्ये कीर्तिपुर शाखाका प्रयोगकर्ता श्यामदेवी महर्जन छन्, उनलाई कम्पनीले विशेष सम्मानसहित आइफोन १६ प्रदान गरेको कीर्तिपुर शाखा कार्यालयका प्रवन्धक पोखरेलले प्रष्ट पारे ।
सो अवसरमा वर्ल्डलिंकका १० लाख घरधुरीको यात्रामा ग्राहकहरूको साथ र विश्वास अमूल्य रहेको भन्दै भविष्यमा अझ नविन सेवा र कार्यक्रमहरू ल्याउने उद्घोष समेत गरिएको छ ।
आइफोन पाएपछि सेवाग्राही महर्जन दङ्ग परेकी छन् । उनले वर्ल्डलिंकको सेवा गुणस्तरीय भए जस्तै सेवाग्राहीप्रतिको सम्बन्ध पनि उदाहरणीय रहेको प्रतिक्रिया दिएकी छन् ।
कम्पनीको “ग्राहकहरूको जीवनलाई विश्वस्तरीय कनेक्टिभिटीमार्फत समृद्ध बनाउने” मिशन अनुरूप र “ग्राहकमुखी सेवा प्रदान गर्दै सधैं अतिरिक्त मिहिनेत गर्ने” मुख्य मूल्यलाई आत्मसात गर्दै यो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
वर्ल्डलिंकले सम्पूर्ण ग्राहकवर्गलाई धन्यवाद ज्ञापन गर्दै, अझ प्रभावकारी र विश्वस्तरीय इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।