पाल्पामा पनि एक हप्ते कर्फ्यू जारी

पाल्पा, ४ भदौ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पाल्पामा पनि कर्फ्यू लागु भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै एक हप्ताको कर्फ्यूको जानकारी गराएको हो । बिहीबार जारी गरिएको निषेधाज्ञाको सूचनामा कोभिड १९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको कार्य प्रभावकारी बनाउन कर्फ्यू गर्नुपरेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले […]

भक्तपुरकी कोरोना संक्रमित महिलाको आज बिहानै पाटन अस्पतालमा मृत्यु

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार ६१ वर्षीया महिलाको आज (मंगलबार) बिहान मृत्यु भएको हो। गत साउन २१ गते पाटन अस्पतालमा भर्ना भएकी उनी भक्तपुर सूर्यविनायककी बासिन्दा रहेकाे विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च अधिकारीलाइ बन्धक बनाएर मालीमा ‘सैन्य कु’ को प्रयास

एजेन्सी । अफ्रिकी देश मालीमा ‘सैन्य कू’ को प्रयासमा सुरक्षाकर्मीले राष्ट्रपति र प्रधानमन्त्रीलाई बन्धक बनाएका छन्। राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काती क्याम्पमा माथिल्लो तहको आदेश मान्न अस्वीकार गरेका सैनिकले नियन्त्रण कायम गरेका थिए। मालीका सैनिकमा पारिश्रमिकलाई […]

सिंहदरबार अगाडि गृहमन्त्रीको स्कर्टिङमा रहेको गाडीले ठक्कर दिँदा दुई महिला घाइते

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलको स्कर्टिङमा रहेको एक गाडिले ठक्कर दिएर दुुई जनालाइ घाइते बनाएकाे छ । मंगलबार बिहान सिंहदरबारको पश्चिमगेट नजिक प्रहरीको गाडीको ठक्करबाट स्कुटरमा सवार दुुई महिला घाइते भएका हुन । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बामदेव गौतमले बा १ झ ५५ ५४ नम्बरको प्रहरी प्रधान कार्यालयबाट मन्त्री निवासमा स्कर्टिङका लागि गइरहेको गाडीले ठक्कर […]

एउटै बाहिनीका ४२ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ। उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ। यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले […]

संक्रमणदर सबैभन्दा बढी राजधानीमा, फेरि थपिए १७२ संक्रमित

काठमाडौं‌, ३२ साउन । राजधानी काठमाडौंमा देशभरमा सबैभन्दा बढी संक्रमित लगातार देखिएका छन् । कोरोना भाइरसको संक्रमण दर पछिल्लो समय काठमाडौं उपत्यकामा छ । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएकोमा काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका हुन् । यसअघि शनिवार काठमाडौंमा १२७ जना संक्रमित भेटिएका थिए । त्यसमध्ये काठमाडौं […]

समुदायस्तरमै कोरोना फैलिएपछि मध्यपुरथिमी नगरपालिकामा १० दिनका लागि लकडाउन, अस्पताल पनि पूरै सिल

काठमाडाैं । भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा १० दिने लकडाउन घाेषणा गरिएकाे छ । यस नगरपालिका समुदायस्तरमै संक्रमण फैलिएपछि लकडाउन गरिएको बताइएकाे छ। नगरपालिकाले साउन ३२ देखि भदौ ९ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेकाे हाे । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहित शनिबार साँझ बसेको आकस्मिक बैठकले यस्ताे निर्णय […]

शनिवार एकै दिन थपिए ४६८ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ८० जना

काठमाडौं । आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको जानकारी दिएको हो । ११ हजार ४७ पीसीआर परीक्षण गरिएकोमा ४६८ लाई कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । गौतमका […]

सिन्धुपाल्चोक पहिरो, १३ शव निकालियाे, ११ काे सनाखत

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो  । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भने, ‘खोजतलासको क्रममा थप दुईवटा शव भेटिएको भनेर मलाई केहीबेरअघि रिपोर्टिङ भएको छ । सायद अहिलेसम्म बाहिर निकाली पनि सक्यो होला […]

इरानी इन्धन बोकेका ४ पानीजहाज अमेरिकाले लियो बलजफ्ती नियन्त्रणमा

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्यांकर नियन्त्रणमा लिएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् । अमेरिकी तटीय रक्षकहरुले जहाजका मालिक, वीमा कम्पनी र क्याप्टेनलाई अमेरिकी अधिकारीसमक्ष जहाज बुझाउन चेतावनी दिएका थिए । भेनेजुएलाका लागि इरानी राजदूत होजाड […]