सिन्धुपाल्चोकमा एकाबिहानै पहिराेकाे प्रकाेप : २८ घर पुरिए, ३५ जना बेपत्ता

बाढी र पहिराेकाे प्रकाेपबाट थिलाेथिलाे बनकाे सिन्धुपाल्चाेकमा फेरि आज गएकाे पहिराेमा परी  करिब ३५ जना मानिसहरु हराएका छन् । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा कम्तीमा ३५ वेपत्ता भएका हुन् । शुक्रबार बिहान करिब साढे ६ बजेतिर पहिराे खसेकाे हाे । बस्तीभन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको र घरहरु […]

राजधानीमा थपिए १२७ संक्रमित, काठमाडौंमा मात्र १११

काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकामा बिहीबार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले नयाँ संक्रमितकाबारे जानकारी दिदै उपत्यकामा संक्रमण दर तीब्र रहेकाे बताएकाे छ । उपत्यकाका तीन जिल्ला मध्ये काठमाडाैंमा संक्रमण दर बढ्दाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १११ जना संक्रमित फेला परेका छन् । त्यसैगरी ललितपुरमा ११ […]

कोरोना लागेपछि दुई बैंक गरिए सिल

गुलरिया । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि दुई बैंक सिल गरिएको छ । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेड र बर्दियाकै बढैयाताल गाउँपालिकामा रहेको सिटिजन बैंक लिमिटेडको शाखा कार्यालय सिल गरिएको हो । उक्त बैंकमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि सिल गरिएको बताइएको छ । अहिले ती दुबै बैंकका शाखाबाट कुनै कारोवार […]

यूएईको शारजाहमा दुई नेपालीको बिभत्स हत्या, ग्याङ फाइटमा मारिएको हुनसक्ने प्रहरी दावी

काठमाडौं । यूनाइटेड अरब इमिरेटस (यूएई)को शारजाह शहरमा दुई नेपालीको हत्या भएको छ । दुई समूह बीच झगडा भएपछि उनीहरुको हत्या भएको हुनसक्ने यूएई प्रहरीले जनाएको छ । झगडाले उग्ररुप लिएपछि उनीहरुलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईबाट प्रकाशित हुने गल्फ न्यूजले जनाएको छ । मृतकहरुको अनुहार, घाँटी, छाती तथा […]

राजधानीका दुई ठूला अस्पताल गरियो सिल, चिकित्सक र विरामीमा समेत कोरोना फैलिएपछि इमरजेन्सी समेत बन्द

काठमाडौं, २७ साउन । कोरोना भाइरस फैलिएर राजधानीमा त्रास उत्पन्न भइरहेका बेला राजधानीका ठूला अस्पताल समेत सिल हुन थालेका छन् । संक्रमण स्वास्थ्यकर्मी र विरामी समेत फैलिन थालेको छ । जसका कारण अस्पताल लगिएका विरामीहरु अचानक सार्न थालिएका छन् । बुधवार राजधानीका दुई ठूला अस्पताल सिल भएका छन् । अहिले केही समय अघि राजधानीको महाराजगञ्जस्थित […]

रुसी वैज्ञानिकले कोरोना विरुद्ध बनाएको पहिलो भ्याक्सिनलाइ रुस सरकारले दियो मान्यता

काठमाडौँ । कोरोना भाइरस (काेभिड १९) का विरुद्ध रुसले विश्वकै पहिलो खोप तयार पारेको छ । रुसी वैज्ञानिकहरुले तयार पारेकाे याे खाेपलाइ रुस सरकारले मान्यता दिएकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य […]

गोंगबु बिभत्स हत्याकाण्डले समाजलाइ दिएको शिक्षा

काठमाडौँ । काेराेना भाइरस (काेभिड १९) ले सर्वत्र त्रास छाइरहेका बेला राजधानीकाे गाेंगबुमा घटेकाे घटनाले अहिले सबैकाे ध्यान तानेकाे छ । शरिर र टाउकाे अलग अलग ठाउँमा शव भेटिएपछि धेरै त्रसित बने । प्रहरीले याे घटना एक महिलाले गरेकाे भन्दै जब पक्राउ गर्याे त्यसपछि झनै चकित पार्याे सबैलाइृ । एक महिलाले यति विभत्स हत्या कसरी […]

विराटनगरका ८ जना पत्रकारमा एकैदिन कोरोना संक्रमण

काठमाडौं, २७ साउन । विराटनगरकाे एउटै सञ्चारगृहमा काम गर्ने ६ सहित ८ जना पत्रकारमा काेराेना संक्रमण देखिएकाे छ । एकैपटक ८ जना पत्रकारलाइृ काेराेना संक्रमण भएपछि जिल्लाका मिडियामा त्रास उत्पन्न भएकाे छ । संक्रमित भएका मध्ये ५ जना विराटनगरबाट प्रकाशित हुने एक स्थानीय दैनिक पत्रिकामा पत्रकार हुन् । साथै साेही दैनिकमा काम गर्ने एक कम्प्युटर […]

हवाइ सेवा र लामो दुरीका यातायात भदौ १५ सम्म नखोल्ने मन्त्रिपरिषदको निर्णय

  काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दूरीका यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको एक मन्त्रीले बताए । त्यस्तै भदौ एक गते देखि संचालनको […]

एकैदिन थपिए ३३८ जना कोरोना संक्रमित, २३ हजार बढीमा संक्रमण

काठमाडौं । पछील्लो २४ घण्टामा देशभर ३३८ जना कोरोना संक्रमित थपिएका छन । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कूल संख्या १६ हजार ४९३ जना पुगेको छ । पछिल्लो २४ […]