सरकारले आइतबार काठमाडौ उपत्यकामा सार्वजनिक बिदा घोषणा गरेको छ । आइतबार मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले सार्वजनिक बिदा घोषणा गरिएको हो ।
काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौ, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पुष्टि गरेका छन् ।
सार्वजनिक बिदा दिने निर्णय गरेको छ। “जेठ १८ गते आइतबार मछिन्द्रनाथको जात्रा परेको हुँदा सो दिन उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुनेछ।” उनले भनेका छन् ।
गृह मन्त्रालयले सो बिदाबारे एक सूचना समेत सार्वजनिक गरेको छ ।
हेर्नुस् सूचना