प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट

काठमाडौँ २०८१ असार ०३। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा आज साँझ भएको भेटमा उनीहरूबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्‍याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा […]

सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने

  काठमाडौँ, २०८१असार ०३ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो । चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी […]

आना स्टरले पाइन् कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालको लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार

सन् २०२४ जून ३ वोस्टन, अमेरिका विसं. २०८० साल फागुन ६ फलेवास पर्वत नेपालमा घोषणा गरिएको कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार एक विशेष समारोहका बिच आना स्टरलाई बितरण गरियो । उक्त पुरस्कार नेपालको संस्कृति एवं लोकसाहित्यका अनुसन्धानदाता श्रष्टा कालीभक्त पन्तको नाममा स्थापित भएको हो । प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक महेश्वर पन्तले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका संरक्षक […]

उर्मिला सुवेदीको सतहत्तर सरगम सार्वजनिक

२०८१ जेठ १८ गते शुक्रबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य तथा बाल साहित्यकार उर्मिला सुवेदीको बालकवितासङ्ग्रह सतहत्तर सरगम कृति गत जेठ १५ गते मंगलबार सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको आयोजनामा उक्त कृतिको लोकार्पण समारोह भएको हो । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सीको सभापतित्वमा भएको लोकार्पण समारोहका प्रमुख अतिथि […]

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौँ १५ जेठ २०८१ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । […]

नेपाल अभ्यास खेलमा विन्डवार्ड्ससँग पराजित

काठमाडौँ, ०६ जेठ २०८१ । नेपाल अभ्यास खेलमा विन्डवार्ड्स भोल्क्यानोजसँग तेस्रो खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा विन्डवार्ड्सले नेपाललाई ६७ रनले पराजित गरेको हो । विन्डवार्ड्सले दिएको २०६ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा अल आउट हुदै १३८ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ५३ रन बनाए भने असिफ […]

मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौँ ल्याइदै

  काठमाडौँ २५ बैशाख २०८१ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली नगरपालिका-३ स्थित  लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन् । मुख्यमन्त्री जम्कट्टेलको प्रेसर कम भएको र अक्सिजन लेभल कम देखिएको बताइएको छ । सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि मुख्यमन्त्री जम्कट्टेललाई […]

शून्यबाट शुरु सार्वजनिक

समकालीन नेपाली साहित्यको छन्द धारमा उम्दा कविका रुपमा चिरपरिचित साहित्यकार रश्मि भट्टको शून्यबाट सुरु कथासंग्रहको आज एक भव्य समारोहबिच लोकार्पण भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन रहेको उक्त कृतिको लोकार्पण कार्यक्रम आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको हो । तात्कालिन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान (हालः नेपाल प्रज्ञा–प्रतिष्ठान) […]

न्याय सम्पादन गर्दा मातृभाषाकाे प्रयोग हुनुपर्छ : मन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक , १७ बैशाख २०८१ बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले न्यायिक समितिले सङ्घीयताको ब्यबहारिक अभ्यास गरिरहेको बताएका छन् । साेमबार सिन्धुपाल्चोककाे चाैतारामा आयोजित स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको लागि कानुन निर्माण, मेलमिलाप तथा राजपत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले न्यायिक समितिले सङ्घीयताको ब्यबहारिक अभ्यास गरिरहेको बताएका हुन् । […]

पदमको पाताल बजारमा

२०८१ वैशाख ५ काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सभापति साहित्यकार पदम विश्वकर्माको पाताल उपन्यास सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा कृति लोकार्पण कार्यक्रम भएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज –अनेसास) नेपाल च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले सभापतित्व गरेका थिए […]