प्रेस चौतारी सिन्धुलीको अध्यक्षमा दाहाल

सिन्धुली । सत्तारूढ दल नेकपा(एमाले)निकट प्रेस चौतारी नेपालको सिन्धुली जिल्लामा नयाँ नेतृत्व निर्वाचित भएको छ । मंगलबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा विनय दाहाल निर्वाचित भएका चौतारीका नेता प्रेमकुमार दाहालले जानकारी दिए । उनले दिएको जानकारी अनुसार उपाध्यक्षमा उद्दव श्रेष्ठ र  सुनिता विक निर्वाचित भएका छन् । सचिवमा बलबिर भुजेल, सह-सचिवमा टिएन घिमिरे र मेनुका बुढाथोकी तथा कोषाध्यक्षमा नवराज दाहाल निर्वाचित भएका उनले बताए ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा पवन राउत, विमला रजन मगर र  गोमा श्रेष्ठ निर्व्सचित भएका बताइएको छ ।

केन्द्रीय प्रतिनिधिमा कृष्णहरी घिमिरे, लोकहरी आचार्य, विमला रजन मगर चयन हुँदा प्रदेश प्रतिनिधिमा भने रविन्द्र भट्टराई,नवराज दाहाल र दिपा भण्डारी चयन भएका छन् ।