सिन्धुली । सुनकोशी मरिण ड्राइभर्सन आयोजनाबारे प्रधानमन्त्रीे केपी शर्मा ओलीले झुट बोलेको सांसद राजन दाहालले बताएका छन् । प्रधानमन्त्री ओलीले संसदको रोष्टमबाटै सुनकोशी मरिण ड्राइभर्सनको बाँधको काम ३५.८५ प्रतिसत पूरा भयो भनेर झुट बोलेका उनको आरोप छ । सुनकोशी मरिण ड्राइभर्सनको बाँधको काम १ प्रतिसत मात्र भएको सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य समेत रहेका दाहालले […]
ब्यानर न्यूज
देशको आधा सम्पत्ति दलालको कब्जामा गयो, अब माओवादी मिल्नुको बिकल्प छैन : बिप्लव
रोल्पा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले देशको आधा सम्पत्ति १० प्रतिसत दलालको कब्जामा गएको बताएका छन् । देश सामन्तहरुको हातबाट दलालहरुको हातमा पुगेको विश्लेषण गर्दै महासचिव बिप्लवले सोकुरा बताएका हुन् । रोल्पाको परिवर्तन गाउँपालिकास्थित जनस्तरबाट संचालित रोल्पा नमूना क्याम्पसको उद्घाटन गर्दै महासचिव बिप्लवले अब माओबादीहरु मिल्नुको बिकल्प नभएको पनि खुलासा गरे । […]
अघिल्ला सरकारले गरेको सहमती शिक्षा विधेयकमा समेट्नुपर्छ : सांसद दाहाल
काठमाडौ ।नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) ले अघिल्ला सरकारले सरोकारवालासँग गरेका सहमती विद्यालय शिक्षा विधेयकले सम्बोधन गर्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले शनिवार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सो अवसरमा सांसद दाहालले कतिपय विद्यालयमा विद्यार्थी भन्दा शिक्षक बढी रहेका पनि बताए […]
शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षाका मुद्दा समेट्ने सांसदहरूको प्रतिवद्धता
काठमाडौं । सांसदहरूले विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षाका मुद्दाहरू समेट्ने प्रतिवद्धता जनाएका छन् ।संसदीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा रहेको सो विधेयकमा प्रारम्भिक बाल शिक्षामा विद्यमान समस्याहरु समाधान गरिने सांसदहरुले प्रतिवद्धता प्रकट गरेका हुन् । शिक्षा पत्रकार समूहले शनिवार आयोजना गरेको ‘शिक्षा विधेयक र प्रारम्भिक बाल शिक्षा’ विषयक अन्तरक्रियामा संसदीय शिक्षा समितिका […]
मजदुर नेता मिलनलाई मातृशोक
भक्तपुर । नेकपा (माओवादी केन्द्र) भक्तपुरका नेता एवं अखिल नेपाल ट्रेड युनियन महासंघको बागमति प्रदेश अध्यक्ष सत्यमान लामा (मिलन)लाई मातृशोक परेको छ । उनको आमा धन्जमाया तामाङको शनिबार निधन भएको हो । ६७ वर्षीया धन्जमाया क्यान्सर रोगले ग्रसित थिइन् । भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा शनिबार उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको […]
बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर आचार्य घाइते
काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका छन् । बेलुन उडाउने क्रममा आगो सल्किएर उनीहरू घाइते भएका हुन् । उनीहरुको अनुहारमा जलन भएको छ । दुबैलाई थप उपचारको लागि किर्तिपुर अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको […]
गोदावरी-३ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री बितरण
ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ मा अपाङ्गता भएका व्यक्तिहरूका आवश्यक सहायक सामग्री बितरण गरिएको छ । नेपाल अपाङ्गता महिला समाजको ३१ औ साधारण सभाका अवसरमा गोदावरी नगरपालिकाको साझेदारीमा ति सहायक सामग्री बितरण गरिएको हो । सहायक सामग्री बितरण कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष सानुराज (राज) घिमिरेले कोही पनि मानिस इच्छाले अपाङ्ग नहुने भन्दै […]
केएमसीमा मध्यपुर थिमि नगरबासीलाई निशुल्क शिविर
काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । कलेजको दुवाकोट स्थित अस्पतालमा माघ ४ र ५ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । सो शिविरमा जनरल मेडिसिन देखि विशिस्ट सेवा समेत प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ । स्त्री तथा […]
भोलि जनयुद्ध दिवस, बागमतीमा पनि सार्वजनिक बिदा
सर्लाही । भोलि फागुन १ अर्थात्, जनयुद्ध दिवस । तत्कालीन नेकपा(माओवादी) को नेतृत्वमा फागुन १, २०५२ बाट शुरु जनयुद्धले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । यो कुरा साचो भएपनि त्यो जस माओवादीलाई दिन बिपक्षी दलहरु भने हत्तपत्त तयार हुँदैनन् । नेकपा हुँदा जनयुद्ध दिवस नै मनाएका वर्तमान प्रधानमन्त्री […]
क्षयराेग निवारण संस्था भक्तपुरमा नयाँ नेतृत्व
नेपाल क्षयराेग निवारण संस्था भक्तपुरले नयाँ नेतृत्व निर्वाचित गरेको छ । १२ ओैं अधिवेशनबाट समाजसेवी हिरण्यप्रताप सांगामीकाे सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । विगत ४० वर्षसम्म सोही संस्थामा कर्मचारीकाे रूपमा सेवा गरेका सांगामीकाे ४ वर्षदेखि कार्यसमितिमा समेत रहेर क्रियाशील थिए । कार्यसमितिको उपसभापतिमा राजेश्वरी शिल्पकार, सचिवमा विजय कर्माचार्य, कोषाध्यक्षमा कृष्णदास कायस्थ र […]