काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा शब्दमा कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ट्रम्पको आप्रवासन नीतिलाई लिएर कटाक्ष गरेका हुन् ।
बालेनले ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, “हाम्रो देश तपाईंको देशभन्दा राम्रो रहेको अनुभूति गराइदिनु भएकामा धन्यवाद।” उनले नेपाल गरिब हुनुको कारण नेपाली युवाहरू विदेशिनु रहेको बताउँदै अमेरिका पनि अमेरिकीले मात्र धनी नबनाएको बताएका छन् ।
उनले अगाडि भने, “हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू आफ्नो देश छोडिरहेका छन्। तपाईंहरू गरिब हुनुहुन्छ किनभने तपाईंका नागरिकहरूले आफ्नो देश बनाउन सक्दैनन्।”
बालेनले अमेरिकी डाइभर्सिटी भिसा (DV) कार्यक्रमलाई ‘दासत्व’ को संज्ञा दिँदै रोक्न आग्रह गरेका छन्। उनले भने, “कृपया तपाईंहरूको (DV) दासत्व रोक्नुहोस्; हामी पनि हाम्रा प्रतिभाशाली नागरिकहरू फिर्ता ल्याउछौँ।”
उनले अमेरिकालाई बाँकी विश्वलाई प्रतिबन्ध लगाएर आफ्नै बलबुतामा अघि बढ्न चुनौती दिएका छन्। “बाँकी विश्वलाई आफ्नो देशबाट प्रतिबन्ध लगाउनुहोस्, अनि संसारलाई अघि बढ्न दिनुहोस्,” भन्दै उनले कडा सन्देश दिएका छन्।