पाकिस्तान राजदूतावासको निबन्ध र वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थी पुरस्कृत

काठमाडौँ । काठमाडौंस्थित पाकिस्तान राजदूतावासले आयोजना गरेको १२ औं निबन्ध लेखन प्रतियोगिता तथा ८औँ वार्षिक वक्तृत्वकला प्रतियोगितामा बिजेताहरुलाई बिहीबार पुरस्कार बितरण गरिएको छ । कार्यक्रममा मधेसी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजयकुमार दत्त प्रमुख अतिथिका रूपमा उपस्थित थिए । यस वर्षको निबन्ध प्रतियोगिताको विषय “कृत्रिम बुद्धिमत्ता र मानवताको भविष्य” रहेको थियो। उक्त प्रतियोगितामा विश्व निकेतन […]

सरकारको भूमिकामाथि शिक्षा सरोकारवालाका गम्भीर प्रश्न

काठमाडौ । सार्वजनिक शिक्षाको गुणस्तर दिन प्रतिदिन खस्किँदै गएको भन्दै शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक, र सरोकारवालाहरूले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। शिक्षा पत्रकार समूह र काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टस् को संयुक्त आयोजनामा सम्पन्न “सार्वजनिक शिक्षामा सुधार” विषयक अन्तक्र्रियामा उनीहरूले सार्वजनिक शिक्षाको अस्तव्यस्त अवस्थाको जिम्मेवारी सरकारकै उदासिनता र कमजोर नीति रहेको निष्कर्ष निकालेका […]

‘स्वच्छ वायु लामो आयु’ विषयक वक्तृत्वकलामा महेन्द्रग्राम माविकी दुलाल प्रथम

भक्तपुर । “स्वच्छ वायु लामो आयु” भन्ने शिर्षकमा चाँगुनारायण नगरपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीबीच आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाको आयोजना एवं स्वच्छ हावा संजालको समन्वयमा मंगलबार सो प्रतियोगितामा तपादम्फोस्थित सभा हलमा सम्पन्न भएको हो । प्रतियोगितामा महेन्द्रग्राम माविकी सृजला दुलाल प्रथम भएकी छन् । दुलाललाई पछ्याउँदै  आरक्षण […]

सिटिइभिटीका आङ्गिक शिक्षालयहरू निःशुल्क गर्न अखिल क्रान्तिकारीको माग

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका सबै ६७ आङ्गिक शिक्षालयहरूमा यसै वर्षदेखि निःशुल्क शिक्षा लागू गर्न माग गरेको छ। संयोजक पारस राहादी मगरको नेतृत्वमा अखिल क्रान्तिकारीले सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलाई सो सम्बन्धि मागपत्र बुझाएको संगठनका नेता डिबी शाहीले […]

विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउन आवश्यक : महासचिव पोखरेल

काठमाडौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय तहमै लोकतन्त्र र गणतन्त्रको शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन्। पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र प्राप्तिपछि भएका सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण तथा शैक्षिक क्षेत्रका उपलब्धिहरूको जानकारी विद्यार्थीहरूमाझ पुर्‍याउनुपर्नेमा जोड दिए। उनले गणतन्त्र प्राप्तिका लागि भएको बलिदानीपूर्ण संघर्ष र त्यसबाट हासिल उपलब्धिहरूको […]

गोल्डेन सुनगाभाका ४३ विद्यार्थीको बिदाइ

भक्तपुर । चाँगुनारायण–२, दुवाकोटस्थित गोल्डेन सुनगाभा इंग्लिश बोर्डिङ स्कुलले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका आफ्ना १७ औं ब्याचका ४३ जना विद्यार्थीहरूलाई बिदाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। सो अवसरमा विद्यालयमा नवआगन्तुक १०० भन्दा बढी विद्यार्थीहरूको औपचारिक स्वागत समेत गरिएको छ । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति -कपल डान्स, सिंगल डान्स, ग्रुप डान्स, तथा […]

ख्वप कलेजमा भोलिबाट दुई दिन राष्ट्रिय सम्मेलन

भक्तपुर, ७ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको ख्वप कलेजमा दुई दिने राष्ट्रिय सम्मेलन हुने भएको छ । जेष्ठको ८ र ९ सो सम्मेलन हुने भएको हो । विगतका वर्षहरुमा पनि राष्ट्रिय सम्मेलन सफलतापुर्वक आयोजना गरिसकेको ख्वप कलेजमा चौथो पटक सम्मेलन आयोजना हुन लागेकाे कलेजले जनाएको छ । यस सम्मेलन मुख्य विषय “वाताबरण, सामाजिक र […]

सिटिइभिटीका सहायक निर्देशक पौडेलमाथि कालोमोसो

जनकपुर । भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) का सहायक निर्देशक तथा जनकपुरको बिपी कोइराला प्राविधिक शिक्षालयका प्रमुख गोविन्द पौडेलमाथि नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आइतबार कालोमोसो दलेको छ । कालोमोसो दल्ने क्रममा अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिरहा जिल्ला […]

सिन्धुलीमा आफ्नै गुरुहरुबाट उपन्यासकार घिमिरे सम्मानित

सिन्धुली, ४ जेठ । आफैं पढेको सिन्धुलीको दुधौली–२, स्थित श्री कमला माविमा उपन्यासकार केशव घिमिरे पुरस्कृत र सम्मानित भएका छन् । गजल प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ‘खडानन्द–पद्मकुमारी शिक्षा पुरस्कार २०८२’ प्राप्त गरेका घिमिरेले आइतबार आफ्नै गुरुहरुबाट सम्मानित हुने अवसर पाए ।  उनको चर्चित उपन्यास रूपिका ले नवसर्जक साहित्य चौतारी नेपाल, हेटौंडाद्वारा आयोजित प्रादेशिक साहित्य […]

भक्तपुरको लिटल वर्ल्डमा मतदानमार्फत विद्यार्थी प्रतिनिधि निर्वाचित

little world english school Bhaktapur

भक्तपुर । भक्तपुरको भक्तपुर-१ दुधपाटीस्थित लिटल वर्ल्ड इङ्लिस् स्कूलले मतदानमार्फत विद्यार्थी प्रतिनिधि निर्वाचित गरेको छ । विद्यार्थीलाई निर्वाचन प्रक्रियाबारे जानकारी दिनुकासाथै प्रतिनिधि छनौटको अभ्यासमा समेत सामेल गराउँदै शुक्रवार निर्वाचन सम्पन्न भएको हो । मतदानमा विद्यालयका कक्षा ४ देखि १० सम्म अध्ययनरत २ सय ६८ मतदाता रहेका थिए । शुक्रवार विद्यालय प्रांगणमा सम्पन्न मतदानमा ९० प्रतिसत […]