काठमाडौ । काठमाडौको सिनामंगलस्थित सेन्ट्रल कलेजको आयोजनामा शुक्रवार सम्पन्न नि:शुल्क स्वास्थ्य शिविरमा सयौं मानिसले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । कलेजले तिलगंगा आँखा ईन्स्टिच्युटको सहकार्यमा आँखारोगको जाँच, क्रिस्टल डेन्टल अस्पतालको सहकार्यमा दाँँतसम्बन्धी जाँच र नेपाल नेसनल हस्पिटलको सहकार्यमा सामान्य चिकित्सासम्बन्धी चेकजाँचको प्रवन्ध मिलाएको थियो । स्वास्थ्य शिविरमा कलेजका विद्यार्थी, शिक्षक र कर्मचारी मात्र होइन, अभिभावक […]
शिक्षा
मुड्केचुलामा वक्तृत्वकला प्रतियोगिता, खगराज प्रथम पछिपछि भूमिका र रेजिना
दीर्घ बहादुर शाही, डोल्पा । मुड्केचुला गाउँपालिका–६ नर्कुको आयोजनामा बाल विवाह न्यूनीकरणमा विद्यार्थीको भूमिकासम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। “हामी सबै लागौं, बाल विवाह अन्त्य गरौं” भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा मालिका माध्यमिक विद्यालयका विद्यार्थीहरूले मात्र सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथमस्थान खगराज शाहीले हासिल गर्न सफल भए भने द्वितीय र तृतीय क्रमशः रेजिना शाही […]
नेपाली सेनालाई चाहियो शिक्षक, हेर्नुस् सूचना
काठमाडौं । नेपाली सेनाले २ कर्मचारी र ३० जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। सोमबार एक सूचना जारी गर्दै देशभरका विभिन्न सैनिक विद्यालयका लागि सेनाले शिक्षक र कर्मचारी माग गरेको हो । सैनिक कल्याणकारी निर्देशनालयद्वारा प्रकाशित सूचनामा उल्लेख भएअनुसार, शिक्षक तथा कर्मचारीहरूलाई दैनिक ज्यालादारी प्रणालीअनुसार पारिश्रमिक उपलब्ध गराइनेछ। उनीहरूलाई करार सेवामा नियुक्त गरिनेछ । […]
भक्तपुरमा प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक र गलत
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आइतबार बिहान ८ बजेबाट सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् । बोर्डको नाकैनिर भक्तपुरकै एक स्कूलका विद्यार्थीले प्रश्न पत्र परीक्षा अगावै पाएको भन्ने सूचना अफवाह मात्र भएको परीक्षा नियन्त्रक शर्माले […]
देशमै पढ्ने अवसर नहुदाँ प्रिसा र प्रकृतिहरुले ज्यान गुमाउनुपर्यो
ललिता साह, भक्तपुर। विद्यार्थी नेताहरूले नेपालमै पर्याप्त अवसर र मेरिट सिट नहुँदा नेपाली विद्यार्थीहरू अन्य देशका कलेजहरू धाउन बाध्य भएको र त्यसैले प्रिषा शाह र प्रकृति लम्सालजस्ता युवाहरूले ज्यान गुमाउनु परेको बताएका छन्। ‘युथ भिजन’ अन्तर्गत युवा सरोकार विषयक नीतिगत छलफल कार्यक्रममा सहभागी विद्यार्थी नेता र नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भारतको […]
मण्डनदेउपुरका शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने
काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा कर्मचारीहरू त्यसैगरी नगरपालिका मातहतका कर्मचारीहरू र जनप्रतिनिधिले समेत आफ्ना बालबालिका अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले सो निर्णय गरेको शिक्षा अधिकृत लोकेन्द्रबहादुर बिष्टले बताएका छन् । शुक्रबार एक सूचनामार्फत शिक्षा अधिकृत बिष्टले गत चैत २६ […]
कलिंगा विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको मृत्यु भएको छ। वीरगन्ज, पर्साकी बासिन्दा र कम्प्युटर विज्ञानकी प्रथम वर्षकी छात्रा साह बिहीबार साँझ आफ्नो छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। भुवनेश्वर-कटक प्रहरी आयुक्त एसडि सिंहको हवाला दिदै भारतीय सञ्चार माध्यमले मृत्यु भएको पुुुष्टि गरेका छन् । प्रारम्भिक अनुसन्धानमा […]
कक्षा १२ को परीक्षा तालिका र केन्द्रमा कुनै परिवर्तन भएको छैन : परीक्षा नियन्त्रक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा बैशाख २१ गते निर्धारित समयमै हुने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा भ्रामक सूचना आइरहेकोले बिहीबार एक बिज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रण शर्माले निर्धारित मिति र समयमै परीक्षा सञ्चालन हुने बताएका हुन् । उनले बोर्डको लोगो समेत दुरुपयोग गरी सामाजिक […]
यी हुन् शिक्षक र सरकारबिच भएका ९ बुँदे सहमति
काठमाडौ । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । बुधबार ९ बुँदे सहमति भएको र त्यसलाई मन्त्री परिषदले समेत अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बताए । सहमति संगै चैत २० देखि जारी राजधानी केन्द्रीत शिक्षक आन्दोलन स्थगित भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिसोर सुवेदीले जनाएका छन् । यी […]
आन्दोलनरत शिक्षक र सरकारबिच यस्तो सहमति
काठमाडौ । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो। शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । बुधबार भएको ९ बुँदे सहमति मन्त्रिपरिषद बैठकले अनुमोदन गरेसंगै सार्वजनिक भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको […]











