महिला र युवालाई कानुनी ज्ञान अझबढी आवश्यक : ढकाल

भक्तपुर । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य, लेखक एवम् बिश्लेषक डीपी ढकालले महिला र युवालाई कानुनी ज्ञान बढी आवश्यक रहेको बताएका छन् । महिला बिकास केन्द्रले थिमिमा आयोजना गरेको कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रमलाई मंगलबार उद्घाटन गर्दै बौद्धिक नेता ढकालले कानुनले दिएको अधिकार थाहा नहुँदा महिलाहरु हिंसामा परेर पनि सहेर बस्नुपर्ने बाध्यता रहेको बताए । उनले […]

प्याब्सनको केन्द्रीय र प्रदेश पदाधिकारीलाई भक्तपुरमा सम्मान

भक्तपुर । निजी तथा आवासीय विद्यालय संगठन नेपाल(प्याब्सन) को जिल्ला कार्यसमिति भक्तपुरले १६औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष, पदाधिकारीहरू तथा बागमती प्रदेश प्याब्सनको चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूसहित प्रदेश अन्तर्गतका नवनिर्वाचित जिल्ला अध्यक्षहरूलाई समेत बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुरको पलाँसेस्थित काठमाडौँ फन भ्यालीमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख […]

राजधानीमा जारी शिक्षक आन्दोलनप्रति माओवादी केन्द्र बागमती प्रदेश समितिको ऐक्यबद्धता

भक्तपुर । नेपाल शिक्षक महासंघको नेतृत्वमा राजधानीमा जारी शिक्षक आन्दोलन प्रति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिले ऐक्यबद्धता जनाएको छ । प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले आइतबार ऐक्यबद्धता अपिल सार्वजनिक गर्दै शिक्षक आन्दोलनप्रति पार्टी प्रदेश समितिको तर्फबाट ऐक्यबद्धता प्रकट गरेका हुन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो […]

शिक्षकको पक्षमा प्रमुख प्रतिपक्षी दल, विशेष अधिवेशन बोलाएर विधेयक ल्याउन प्रचण्ड पहल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्‌को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् । राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल गरे । ‘जबसम्म माग पूरा […]

सानोठिमी क्याम्पसका स्ववियू अध्यक्षमाथि सांघातिक आक्रमण, दोषीलाई कार्वाही गर्न माग

भक्तपुर । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियू अध्यक्ष नरेन्द्रसिंह ठगुन्ना माथि सांघातिक आक्रमण भएको छ । शुक्रवार साझँ करिब ८ बजे उनी अपरिचित समूहको सांघातिक आक्रमणमा परेका हुन् । ५/७ जनाको समूहमा रहेका अपरिचित समूहले तेर्साटारमा स्कुटी रोकी अन्धाधुन्ध आक्रमण गरेर फरार भएका स्ववियू अध्यक्ष ठगुन्नाले बताए । आफू एक्लै निवास तर्फ गैरहेको मौका छोपी […]

भक्तपुरको निकोसेरास्थित अलाइभ मन्टेश्वरी स्कूलको अभिभावक दिवस एवं दीक्षान्त समारोह सम्पन्न

भक्तपुरको मध्यपुर थिमि-५ निकोसेरास्थित अलाइभ मन्टेश्वरी प्रिप्राइमरी स्कूलले आफ्नो ७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह एकसाथ सम्पन्न गरेको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायका बिभागीय प्रमुख प्राडा शम्भुप्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । उनले दीक्षितहरुलाई प्रमाणपत्र प्रदान गरे भने विद्यालयका तर्फबाट विद्यार्थीका बुबाआमालाई आभार तथा हजुरबुबा हजुरआमालाई सम्मान समेत गरेका थिए । […]

जन्मदिनमा क्याम्पसलाई १ सय ४० थान पाठ्यपुस्तक उपहार

भक्तपुर । भक्तपुरको सानोठिमी क्याम्पसका उपप्राध्यापक जीवन ढुङ्गानाले क्याम्पसलाई पाठ्यपुस्तक दिएर आफ्नो जन्मदिन मनाएका छन् । हाल अष्ट्रेलियाको मेलबर्नस्थित डेकिन विश्वविद्यालयमा बिद्यावारिधी अध्ययनरत रहेका उपप्राध्यापक ढुङ्गानाले आज चैत २३ गते पर्ने आफ्नो जन्मोत्सवका अवसरमा भक्तपुरको सानोठिमी क्याम्पसलाई १ सय ४० थान पाठ्यपुस्तक प्रदान गरेका हुन् ।  उनी अध्ययन बिदामा हाल अष्ट्रेलियामा छन् । उनले जन्मदिनको […]

आन्दोलनरत शिक्षकलाई बार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं, । आन्दोलनरत शिक्षकहरूलाई बार्ता र संबादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । गत बुधवार देखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक तथा बिधालय कर्मचारीलाई बार्ता र संबादमा आउन मन्त्रालयले अनुरोध गरेको हो । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय […]

स्कूल छोडी हजारौं शिक्षक सडकमा, काठमाडौंका मेयरले गरे आन्दोलनको प्रशंसा

काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले राजधानीमा प्रदर्शन गरेका छन् । हजारौं शिक्षक कर्मचारीले आजबाट अनिश्चितकालीन सडक संघर्ष शुरु गरेका हुन् । शिक्षा ऐन नल्याएको र पटक पटक शिक्षक कर्मचारीसंग गरिएका सम्झौता सरकारले पालना नगरेका कारण सडक आन्दोलन गर्नुपरेको शिक्षक नेता शंकर अधिकारीले जानकारी दिए । शिक्षा ऐनमार्फत शिक्षक […]

संसदको चालू अधिवेशनबाट शिक्षा ऐन आउन असम्भव, शिक्षा समितिका सभापति र शिक्षक नेताबीच चर्काचर्की

रोशन गाउँले, काठमाडौ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका सांसदहरुले चालू हिउँदे अधिवेशनमा नभई बजेट अधिवेशनमा मात्र विद्यालय शिक्षा विधेयक प्रस्तुत गर्न सकिने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भने उपसमिति बनेको ३५ दिनभित्र विधेयकको काम सकिसक्ने हुँदा त्यसबेलासम्म संसदको चालू अधिवेशन रहेमा विद्यालय शिक्षा ऐन आउन सक्ने […]