बेलायती प्रधानमन्त्री विरुद्ध हजारौंको प्रदर्शन

लण्डन, १५ भदौ । संसदीय कार्यवाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टी जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसन विरुद्ध शनिबार देशभरी प्रदर्शन भएका छन् । राजधानी लण्डनसहित देशका दर्जनौं सहरमा हजारौं प्रदर्शनकारी भेला भएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनकारीहरुले ‘संसद निलम्बन फिर्ता गर,’ ‘लोकतन्त्रको रक्षा गर,’ जस्ता नारा लेखिएका घरमै निर्मित प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा […]

अमेरिकामा फेरि गोलीकाण्डः पाँच जनाको मृत्यु, २१ घाइते

ह्युस्टन, १५ भदौ । अमेरिकामा शनिबार फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरु २१ जना घाइते भएका छन् । देशको टेक्सास राज्यअन्तर्गत पर्ने ओडिसा नगरमा शनिबार दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको प्रहरीले जनाएको छ । घटनामा संलग्न श्वेतवर्णका झण्डै ३५ […]

ट्रम्पद्वारा चिनियाँ सामानमा आइतबारदेखि नयाँ करहरु लागू

वासिङ्टन, १५ भदौ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्तराज्य अमेरिकाले आइतबारदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करिब ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा अतिरिक्त १५ प्रतिशत करवृद्धि हुनेछ । राष्ट्रपति डोनाल्ड […]

होन्डुरसमा पत्रकारको हत्या

होन्डुरस, १५ भदौ । मध्यअमेरिकी मुलुक होन्डुरसमा शनिबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । मानव अधिकार समूहहरुका अनुसार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको छ । होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा अज्ञात समूहले गोली हानी हत्या गरिएको जनाएको […]

सिरियाली विद्रोहीको शिविरमा आक्रमण हुँदा ४० लडाकूको मृत्यु

बेरूत, लेबनान, भदौ १४ । सिरियाली विद्रोहीको प्रभावक्षेत्र मानिने इदलीब प्रान्तमा जिहादी समुदायको भेलामा शनिबार क्षेप्यास्त्रमार्फत गरेको आक्रमणमा कम्तीमा ४० विद्रोही लडाकूको मृत्यु भएको सिरियाली युद्ध अनुसगमनकारी संस्थाले जनाएको छ । रूसले युद्धविराम घोषणा गरेको केही घण्टाभित्र नै उक्त आक्रमण भएको हो । सिरियाली मानव अधिकारवादी संगठनका प्रमुख रमी अदेल रहमानले बताए, “स्थानीय हुरास अल–दीन, […]

अमेरिकी विदेशमन्त्री पोम्पेओको उत्तर कोरियाद्वारा आलोचना

सोल, १४ भदौ । उत्तर कोरियाले ‘छलजन्य व्यवहार’ गरेको भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दिएको भनाइप्रति प्योङयाङको आलोचना आएको छ । उसले वासिङ्टनसँग आणविक वार्ताका लागि गर्दै आएको अपेक्षा ‘बिस्तारै हराउँदै’ गएको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने प्रयासस्वरूप आवश्यक […]

फाइभ–जीले डिजिटल अर्थतन्त्रलाई उल्लेख्य योगदान गर्ने चीनको भनाई

साङ्घाई, १४ भदौ । सन् २०२० देखि २०२५ सम्ममा चीनको डिजिटल अर्थतन्त्रलाई नयाँ फाइभ–जी प्रबिधिका कारण निकै वृद्धि गर्ने प्राविधिक विज्ञहरूले शनिबार बताएका छन् । उनीहरूले आगामी पाँच बर्षमा डिजिटल प्रविधि क्षेत्रको आम्दानीमा २० खर्ब दश अर्बले अमेरिकी डलर वृद्धि हुने बताएका हुन् । चिनियाँ सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गतको एक प्राविधिक केन्द्रका उप निर्देशक […]

ब्रेक्जिटपछिको बेलायत

काठमाडौं, १४ भदौ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हालै लिएको संसद्लाई पाँच हप्ता निलम्वन गर्ने गरी हालै लिएको बाटोलाई विश्व समुदायले विरोधाभासपूर्ण घटनाका रूपमा लिएको छ । प्रजातन्त्रको नमूना मानिने बेलायतका लागि संसद्मा बहसको बाटो रोकिने अवस्था आउनु पक्कै पनि सहज राजनीतिक निर्णय होइन । ब्रेक्जिटको बहस गर्ने प्रजातान्त्रिक थलो (संसद्ला)ई निलम्बन गर्ने प्रधानमन्त्रीको निर्णयप्रति […]

टर्कीमा सैनिक बर्खास्तको क्रम अझै रोकिएन

अंकारा, १४ भदौ । टर्कीमा सन् २०१६ जुलाई १५ मा भएको असफल सैनिक ‘कू’ पछि अहिलेसम्म पनि सैनिकलाई बर्खास्त गर्ने क्रममा रोकिएको छैन् । हालै सार्वजनिक भएको एक तथ्यांकअनुसार हालसम्म १७ हजार सैनिकलाई बर्खास्त गरिसकिएको छ । टर्कीको सेनाले गत शुक्रबार दिएको जानकारीअनुसार गएको तीन वर्षयता सेनाका १७ हजार ४९८ जनालाई सेवाबाटै बर्खास्त गरिएको हो […]

यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु

इस्लामावाद, १४ भदौ । यात्रु बोकेको बस नदीमा खस्दा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ देशको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । एक जना वरिष्ठ प्रहरी अधिकारीले शनिबार दिएको जानकारी अनुसार नदीमा खसेको बसमा रहेका सवै जनाको मृत्यु भएको हो । मृत्यु भएका मध्ये १५ […]