अल्दीले बेलायतमा पाँच हजार रोजगारी सिर्जना

लण्डन, ३० भदौ । जर्मनीको प्रसिद्ध सुपरमार्केट कम्पनी अल्दीले आगामी दुई बर्षमा १०० भन्दा बढी सुपरमार्केट बजार विस्तार गर्ने सोमबार बताएको छ ।

यसबाट बेलायतमा पाँच हजार रोजगारीका अवसर थप हुने उक्त कम्पनीले जनाएको छ ।
उक्त कम्पनीले हाल सञ्चालनमा रहेका ८४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार २०० पु¥याउने पनि बताएको छ । संयुक्त अधिराज्य र आएरल्याण्डका लागि कम्पनीका प्रमुख व्यवस्थापक गिल्स हर्लेले भन्नुभयो, “हामीले बजार विस्तारलाई बेलायतका सम्पूर्ण भागमा पु¥याउने योजना रहेपनि तत्काल थप हुने पसलहरूलाई भने लण्डनमा नै स्थापना गरिने छ ।”

अल्दीको स्वदेशी प्रतिस्पर्धी लिडलले बेलायतमा ४० स्थानमा बजारलाई विस्तार गरी एक हजार ५०० जनालाई रोजगारी दिने योजना सार्वजनिक भएको तीन महिनापछि अल्दीले पछिल्लो योजना ल्याएको हो ।