बेइजिङ, २७ भदौ । चिनियाँ राष्ट्रपति सि चिनफिङले इराकमा भएको भागदौडमा नागरिक हताहतको घटनाप्रति दुःख व्यक्त गर्दै इराकी राष्ट्रपति बरहाम साहिललाई समवेदना सन्देश पठाए । मध्यपूर्वी देश इराकमा गत हप्ता भएको हिंसात्मक घटनामा परी कैयौँ नागरिकको ज्यान गएको थियो । त्यस घटनाप्रति राष्ट्रपति चिनफिङले दुःख व्यक्त गरे । इराकको कारबाला नगरमा केही समयअघि भएको यो […]
विश्व
संयुक्त राष्ट्रसंघले एलसाल्भाडोरमा मिसन पठाउने
संयुक्त राष्ट्रसंघ, २७ भदौ । संयुक्त राष्ट्रसंघले एल साल्भाडोरमा अनुगमन मिसन खटाउने भएको छ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले सो जानकारी दिए । एल साल्भाडोरको सरकारले त्यस देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेको छ । सो अभियानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले उक्त अनुगमन समूह त्यहाँ पठाउन लागेको हो । मध्य अमेरिकी देश एल साल्भाडोरले आफूले […]
ठगीको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ
मनिला, भदौ । फिलिपिनी अधिकारीहरुले अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन् । चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको प्रहरीको भनाई छ । अध्यागमन आयुक्त जेम मोरेन्टेले मनिला महानगरको पासिग नगर क्षेत्रबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको […]
डुङ्गा दुर्घटनामा १२ को मृत्यु
नयाँ दिल्ली,२७ भदौ । भारतको मध्य भागमा पर्ने राज्य मध्यप्रदेशमा भएको डुङ्गा दुर्घटनामा परी १२ व्यक्तिको मृत्यु भएको छ । भारतको उक्त राज्यका स्थानीय सञ्चारमाध्यमहरुले शुक्रबार उक्त जानकारी दिएका हुन् । मध्यप्रदेशको भोपालस्थित खाटलापुरा घाटमा भगवान गणेशको मूर्तिहरूको विसर्जन गर्ने एक धार्मिक कार्यक्रममा सहभागी भक्तालुहरु सवार रहेको उक्त डुङ्गा दुर्घटनामा परेको बताइएको थियो । प्रहरीका […]
सिमानामा भारत र चीनका फौजबीच घम्साघम्सी
भारत र चीनका फौजबीच उत्तरी लदाखमा भएको घम्साघम्सीको घटना वार्तापछि समाधान भएको भारतीय सैनिक अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार एउटा तालको उत्तरी किनारामा गस्ती गरिरहेका भारतीय सैनिकको उपस्थिति प्रति विरोध जनाउँदै चिनियाँ फौजले रोकेपछि असहज अवस्था उत्पन्न भएको थियो। सो घटना १३४ किलोमिटर लामो पेंग्गोंग तालको उत्तरी किनारामा भएको थियो। सो तालको दुई तिहाइ हिस्सा […]
नाइजरमा आएको बाढीबाट १ लाख ३० हजार प्रभावित
नाइजर, २६ भदौ । अफ्रिकी मुलुक नाइजरमा देशभरी आएको बाढीका कारण १ लाख ३० हजार मानिस प्रभावित भएका छन् । यस बाढीका कारण करिब ६० जनाको मृत्यु भइसकेको नाइजर सरकारले जनाएको छ । सरकारद्वारा जारी विज्ञप्तिमा बाढीबाट १२ हजार घरमा क्षति पुगेको र दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको जनाइएको छ । […]
स्वास्थ्य जोखिम बढेपछि अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध
वासिङ्टन, २६ भदौ । संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट विद्युतीय चुरोट को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन् । सुगन्धित ई–चुरोटको कुलतमा फसेका किशोर किशोरी युवावस्थामा पुगेपछि सूर्तिजन्य ई–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने […]
तीन अष्ट्रेलियाली नागरिक इरानमा पक्राउ
सिड्नी, २६ भदौ । तीन अष्ट्रेलियाली नागरिक इरानमा पक्राउ परेका छन् । बुधबार सार्वजनिक भएको एक समाचारमा उक्त जानकारी दिइएको छ । इरानको राजधानी तेहरानमा पश्चिमाहरुलाई बन्धक बनाउने तथा थुनामा राख्ने गरिएको पछिल्लो घटनाको रुपमा ती अष्ट्रेलियाली नागरिकहरु पक्राउ परेका हुन् । थुनामा राखिएका ती तीन जनाका परिवारलाई अष्ट्रेलियाली विदेश मन्त्रालयले कन्सुलर सेवा प्रदान गरिरहेको […]
दक्षिण अफ्रिकामा हिंसा, ७५५ विदेशीलाई सुरक्षित स्थलमा राखियो
जोहानेसबर्ग, २५ भदौ । दक्षिण अफ्रिकामा हालै भड्किएको हिंसाका कारण असुरक्षित महसुस गरेका विदेशी एवं आप्रवासी नागरिकलाई सुरक्षित स्थलमा राखिएको दक्षिण अफ्रिकी सरकारले जनाएको छ । पछिल्लो समय दक्षिण अफ्रिकाका विभिन्न शहरमा विदेशी एवं आप्रवासी नागरिक र स्थानीयबीच हिंसा भडकिएको छ । विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण […]
जापानको मन्त्रिपरिषदमा हेरफेर, विदेशमन्त्रीमा मोटेगी नियुक्त
जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गरेको छ । उनले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गरेका छन । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिएको विज्ञहरुले निष्कर्ष निकालेका छन् । पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा ३८ वर्षीय शिन्जिरो कोइजुमीलाई वातावरण मन्त्रीको रुपमा नियुक्त गरिएको छ । शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको […]








