राफेल नाडाललाई युएस ओपनको उपाधि

न्यूयोर्क, २३ भदौ । यसवर्षको अमेरिकी ओपन लनटेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । यो उनको १९औं ग्रान्डस्लाम उपाधि हो । नाडालले रुसका डानील मेडभेडेभलाई संघर्षपूर्ण ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा पराजित गरेका थिए । नाडालले अन्तिम सेटमा नाटकीय रुपमा विजय हासिल गरेका थिए । तेत्तीस वर्षीय बायाँहाते खेलाडी नाडाल अर्का […]

भारतका केन्द्रीय मन्त्रीले १०० दिने प्रगति विवरण प्रस्तुत गर्ने

नयाँ दिल्ली, २२ भदौ । भारतको केन्द्र सरकारका मन्त्रीहरुले आ–आफ्ना कामको एक सय दिने प्रगति विवरण प्रस्तुत गर्ने भएका छन् ।सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी जनताका माझमा गएर केन्द्रीय १७ मन्त्रीले प्रगति विवरण प्रस्तुत गर्ने भएका हुन् । उनीहरुले छोटो समयमा गरेका ऐतिहासिक काम र निर्णयहरुलाई पुरस्कृत पनि […]

अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्नुहुन्छ, “क्याम्प डेभिड गोप्य बैठक रद्द”

वासिङ्टन, २२ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताए । राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताएका छन । शनिबार ट्वीट गर्दै उनले अफगानी […]

चीनको सिचुवानमा भूकम्पः एकको मृत्यु, २९ घाइते

छेन्दु, २२ भदौ । चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । स्थानीय समय अनुसार आइतबार […]

युएस ओपनः एन्ड्रेस्कु विजयी, सेरेनाको सपना चकनाचुर

न्यूयोर्क, २२ भदौ । क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी छिन् । बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौं पटक यो उपाधि जित्ने सपना अधुरै रह्यो ।सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो […]

‘गैरकानूनीरूपमा खाडीतर्फ इन्धन आपूर्तिमा सम्लग्न जहाज’ इरानी कब्जामा

तेहरान, इरान, २१ भदौ । इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ गैरकानूनीरूपमा इन्धन आपूर्तिमा सम्लग्न भएको आरोपमा पुनः अर्को एक जहाजलाई इरानबाट कब्जामा लिएको इरानी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । इरानले कार्गो बोक्ने उक्त पानी जहाजमा चालक दलका सदस्यसहित कम्तीमा १२ जनालाई पनि आफ्नो नियन्त्रणमा लिएको इकोफार समाचार संस्थाले जनाएको छ । नियन्त्रणमा लिइएका चालक दलका […]

अफगानिस्तानमा बाह्र लडाकू मारिए

मजार ए शारिफ, अफगानिस्तान, २१ भदौ । अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन् । देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन् । अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला […]

मुगाबेको सम्मानमा राष्ट्रिय शोक दिवस र राष्ट्र नायक घोषणा

हरारे, २१ भदौ । जिम्बाब्वेका राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्र नायक घोषणा गरेका छन् । उनको अन्त्येष्टी नगर्दासम्म राष्ट्रिय शोक घोषणा गरिएको पनि राष्ट्रपति मनाङ्ग्वाले बताए । मुगाबेको गत अप्रिलदेखि सिंगापुरमा उपचार भइरहेकोमा गत शुक्रबार बिहान ९५ वर्षको उमेरमा उनको निधन भएको थियो । राष्ट्रका नाममा सम्वोधन गर्दै राष्ट्रपति मनाङ्ग्वाले राष्ट्र नायक र […]

डोरियन आँधीबाट बहमासमा ४३ को मृत्यु

बहमास, २१ भदौ । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या शुक्रबार ४३ पुगेको छ । उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा छा्डेका हुनाले मृतकको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री […]

एक वर्षमा राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु

संयुक्त राष्ट्रसंघ, २१ भदौ । काममै कार्यारत्त रहेका बेलामा नै एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ । मृत्यु भएका राष्ट्रसंघका ती कर्मचारी मध्ये पाँच जना गैह्रसैनिक कर्मचारी, ४३ जना शान्ति सेना र चार जना प्रहरीको कामकै शिलशिलामा मृत्यु भएको हो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार राष्ट्रसंघीय कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रमको […]