वासिङ्टन, १३ भदौ । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । विभागका अनुसार अगस्ट २४ सम्ममा अमेरिकामा बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्या चार हजारले वृद्धि भई दुई लाख १५ हजार पुगेको छ । यहीबीच, अघिल्लो साता बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्याको संशोधित संख्या […]
विश्व
फिलिपिन्सका राष्ट्रपति डुटेर्ते र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङ र चीन भ्रमणमा रहेका उहाँका फिलिपिनी समकक्षीबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटमा दुई छिमेकी मुलुकबीच दुईपक्षीय सम्बन्धका बिषयमा छलफल भएको बताइएको छ । दुई नेताबीचको भेटमा राष्ट्रपति सीले भने, “अहिले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवस्था गम्भीर तथा जटिल परिवर्तनतर्फ गइरहेको छ । तर पनि दुई मुलुकबीच शान्ति, विकास, सहकार्य, […]
काश्मिरी जनताको पक्षमा आवाज बुलन्द पार्न पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले काश्मिरका बारेमा लिएको कदमको विरोध गर्दै देशव्यापी रूपमा प्रदर्शन गर्न आह्वान गरेका छन् । “म सबै पाकिस्तानीहरूलाई भोलि १२ बजेदेखि साढे १२ बजेसम्म घर बाहिर निस्किएर प्रदर्शनमा सहभागी हुन आह्वान गर्दछु,” खानले बिहीबार भनेका हुन् । उनले प्रदर्शनमा उत्रिनु भनेको काश्मिरका जनताप्रति ऐक्वबद्धता जनाउनु भएको पनि बताए । […]
नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा कोन्टेलाई आग्रह
एजेन्सी । इटालीमा नयाँ मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री जिसेपी कोन्टेलाई औपचारिक बाटो खुला भएको छ । इटालीका राष्ट्रपति सर्जेओ मटारेलाले बिहीबार प्रधानमन्त्री कोन्टेलाई नयाँ मन्त्रिमण्डल गठन गर्न औपचारिकरूपमा आग्रह गरेसँगै नयाँ सरकारको नेतृत्वका लागि उनलाई बाटो खुलेको हो । सन् २०१८ को जुन १ मा इटालीको प्रधानमन्त्री बन्नुभएका कोन्टेविरूद्ध आफ्नै मन्त्रिमण्डलमा उप–प्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री […]
कश्मीर विवाद: विशेषाधिकार खारेज भएको विषयमा भारतको सर्वोच्च अदालतले सुनुवाइ गर्ने
भारतको सर्वोच्च अदालतले जम्मू-कश्मीर राज्यको विशेषाधिकार खोस्ने सङ्घीय सरकारको निर्णयविरुद्ध दर्ता भएका निवेदनहरूको सुनुवाइ गर्ने भएको छ। गत अगस्ट ५ मा नरेन्द्र मोदी नेतृत्वको सरकारले सो कदम चालेपछि अहिलेसम्म कश्मीर बन्दको अवस्थामा छ। भारत-प्रशासित कश्मीरको विशेष संवैधानिक मान्यता खोस्ने निर्णयविरुद्ध परेका १४ वटै मुद्दाको सुनुवाइ अक्टोबर महिनाको पहिलो साता हुने बताइएको छ। पाँच न्यायाधीशको संवैधानिक इजलासले […]
बीस तालिबान र तीन आइएस लडाकूद्धारा आत्मसमर्पण
जलालावाद, १२ भदौ । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा त्यहाँका सशस्त्र लडाकू तालिबान र आइएसका गरी २३ जनाले अफगानिस्तानको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । जलालाबाद प्रहरीचौकीमा गएर २० जना तालिबान र अरु तीन जना आइएस लडाकूले आत्मसमर्पण गरेका हुन् । उनीहरुले अबदेखि आफूहरु हिंसामा नलाग्ने भन्दै आफूसँग रहेका हतियारहरु पनि प्रहरीलाई बुझाएका बताइएको छ । नान्गाहार […]
अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक
काबुल, १२ भदौ । अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्तराज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीहरुले जनाएका छन् । अमेरिकी सेनाले भने अफगानिस्तानमा आतंककारीको संरक्षणस्थल बन्न दिनु नहुनेमा जोड दिइरहेका छन् । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । अमेरिका र तालिबानबीच […]
मोजाम्बिकमा महिला सशक्तीकरण कार्यक्रम शुरु
मापुतो, १२ भदौ । अफ्रिकी मुलुक मोजाम्बिकको लैंगिक, बाल तथा सामाजिक मन्त्रालयले बुधबार महिला सशक्तीकरण कार्यक्रम शुभारम्भ गरेको छ । राजधानी मापुतोमा आयोजित विशेष कार्यक्रमबीच घोषणा गरिएको उक्त कार्यक्रमले महिलालाई आर्थिक रुपमा सबल बनाउन विशेष रुपमा जोड दिएको छ । मन्त्रालयका अनुसार महिलाको शिक्षाको स्तर उकास्न, बैंकबाट ऋण प्राप्त गर्न भइरहेको कमजोर पहुँचमा सुधार ल्याउन […]
केन्यामा चिनिया लगानीमा डायपर उद्योग स्थापना
नैरोबी, १२ भदौ । चिनियाँ लगानीकर्ताहरुले बुधबार पूर्वी अफ्रिकी मुलुक केन्यामा डायपर उद्योग स्थापना गरेका छन् । सुन्डा केन्या इन्डस्ट्रीयल कम्पनीका कारखाना निर्देशक हुआङ शिवोईले कारखाना स्थापनाका लागि तीन करोड ९० लाख डलर लगानी भएको जानकारी दिए । केन्याको राजधानी नैरोबीभन्दा करिब ३० किलोमिटर दक्षिणपश्चिममा स्थापना गरिएको यो कारखाना करिब ३५ एकड जमिनमा फैलिएको छ […]
चाडमा अन्तरजातीय हिंसा
चाड, १२ भदौ । अफ्रिकी मुलुक चाडमा गत सोमबार भड्किएको अन्तर–जातीय हिंसाका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त हिंसात्मक झडप चाडको मोयेन चारी प्रान्तमा भएको हो । यस स्थानमा विभिन्न जातीय समूह रहेका र उनीहरुबीच बेलाबखत हिंसात्मक झडपहरु हुने गरेका छन् । स्थानीय प्रहरीका अनुसार जग्गा जमिनको विवादमा एक […]







