पोप फ्रान्सिसले नोभेम्बरमा जापान र थाइल्याण्डको भ्रमण गर्ने

भ्याटिकन सिटी, २७ भदौ । इसाई धर्मका सर्वोच्च गुरु पोप फ्रान्सिसले आगामी नोभेम्बरमा जापान र थाइल्यान्डको भ्रमण गर्न लागेको भ्याटिकनले शुक्रबार घोषणा गरेको छ । आगामी नोभेम्बर १९ देखि २६ मा हुने यस भ्रमणका क्रममा उहाँले जापानका हिरोशिमा र नागासाकीको पनि भ्रमण गर्नेछन ।

भ्याटिकनद्वारा जारी विज्ञप्तिमा पोप फ्रान्सिसले थाइल्यान्डमा नोभेम्बर २०–२३ र जापानमा नोभेम्बर २४–२६ मा भ्रमण गर्नेछन । यसअघि पोप जोन पलले ४० वर्षअघि जापानको भ्रमण गरेका थिए । पोप फ्रान्सिसले गत जनवरीमा जापान भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । जापानमा करिब ४ लाख ५० हजार रोमन क्याथोलिक सम्प्रदायका इसाईहरुको बसोबास छ ।

जापानको सांस्कृतिक मामिलासम्बन्धी निकायले जापानमा करिब ५ लाख १० हजार प्रोटेस्टान्ट सम्प्रदायका इसाई छन् । जापानमा मुख्यरुपमा शिन्तो बुद्धिस्ट रहेका छन् । पाँच वर्षअघि भ्याटिकनको प्रमुख भएयता उनले दुई पटक एसियाली मुलुकको भ्रमण गरिसकेका छन । उनले सन् २०१४ मा फिलिपिन्स र श्रीलंका तथा गत वर्ष म्यान्मार र बंगलादेशको भ्रमण गरेका थिए ।

Loading...