फैजाबाद अफगानिस्तान, ३० भदौ । अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष २४ तालिबान लडाकूले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त बाद्ख्शान २४ लडाकूले आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएका छन् ।
स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा बाद्ख्शान प्रान्तको यम्गान जिल्लामा ती लडाकूहरुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका सेनाद्वारा जारी वक्तव्यमा उल्लेख छ । आफूहरुसँग भएको हातहतियार पनि उनीहरुले सुरक्षा अधिकारी बुझाएका जारी वक्तव्यमा जनाइएको छ । ती तालिबान लडकूहरु बादख्शान प्रान्तको कुरान वा मुन्जान जिल्लामा पनि सक्रिय रहेका बताइएको छ ।
अफगानिस्तान सरकारले सन् २०१० देखि नै तालिबान लडाकूका लागि शान्ति तथा पुनस्र्थापना प्रक्रिया सुरु गरेको थियो । प्रक्रिया शुरु भएदेखि अहिलेसम्म दश हजारभन्दा बढी तालिबान लडाकू शान्ति तथा पुनस्र्थापना प्रक्रियामा सहभागी भएक अधिकारीहरुले जनाएका छन् ।यही महिनाको शुरुमा झण्डै १५० तालिबान लडाकू तथा इस्लामिक स्टेट ९आइएस० लडाकूले पनि कुनार प्रान्तमा आत्मसमर्पण गरेका थिए ।