काठमाडौँ । कुवेतको उत्तरी शहर अल–जहराको तापक्रम ५३.५ डिग्री सेल्सियस पुगेको छ । गत आइतबार मापन गरिएको यो तापक्रमले कुवेत विश्वकै सबैभन्दा बढी गर्मी हुने स्थानमा दरिएको छ । बढ्दो तापक्रमले गर्दा दैनिक जनजीवन प्रभावित भएको छ भने त्यहाँका रेष्टुरेन्ट तथा बजारहरु बन्द गरिएका छन् । बाटोमा पैदल यात्रीको संख्या पनि शून्यमा झरेको छ । […]
प्रवास
१५ लाख राशीको ‘एनआरएन द सिंगर’ सुरु
लन्डन । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न लागेको ‘एनआरएन द सिंगर’को शुभारम्भ गरिएको छ । आइतबार भर्चुअल माध्यमबाट संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा संगीतकार शम्भुजीत बासकोटाले संयुक्त रूपमा शुभारम्भ गरे । संघका केन्द्रीय अध्यक्ष पन्तले कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि […]
अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज खोप दिने
काठमाडौँ । अमेरिकाले जुन अन्तिमसम्म विभिन्न मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका हुन्। तर, कुन-कुन मुलुकलाई खोप दिइने भन्नेबारे बाइडेनले केही पनि खुलाएका छैनन् । ‘हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट […]
कतारमा जेल जीवन बिताइरहेका १४ नेपालीले पाए आममाफी
दोहा । कतारले विभिन्न कसुरमा जेलजीवन बिताइरहेका १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा रहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो । कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो। आममाफी पाएकाहरुलाई नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव […]
भारतमा कोरोनाको रेकर्ड ब्रेकः एकैदिन थपिए ३ लाख १४ हजारभन्दा बढी संक्रमित, २१ सय बढीको मृत्यु
काठमाडौं, ९ वैशाख । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारत एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने मुलुक बनेको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या पनि एक करोड ५९ […]
गैरआवासीय नेपाली युवाहरुको अन्तरराष्ट्रिय कविता प्रतियोगिता हुने
काठमाडौं । देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुँदैछ। गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका हुन्। प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी हुनेछन् […]
चीन सरकारले दिएको ८ लाख डोज कोरोना खोप आज नेपाल पुग्दै
काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ खोप आज काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो । सो जहाज सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । […]
सुरक्षाकर्मीको गोली लागेर म्यानमारमा दुई प्रदर्शनकारीको मृत्यु
काठमाडौं । म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । यसअघि पनि प्रदर्शनकारीको एक र्यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो । फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा सुरक्षाकर्मीले चलाएको […]
नेपालमा आपतकालीन प्रयोग गर्न चिनियाँ खोपलाई अनुमति
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चीनले उत्पादन गरेको खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको भेरोसेल नामक खोपलाई सरकारले अनुमति दिएको हो । ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभागले जारी गरेको सूचनामा १६ जनवरी, […]
कुस्ती केन्द्रमा गोली हानाहान हुँदा पाँचको मृत्यु, थुप्रै घाइते
काठमाडौं । भारतको हरियाणास्थित रोहतकमा शुक्रबार राति गोली हानेर ५ जनाको हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय एक निजी कलेजनजिक रहेको कुस्ती केन्द्रमा गोलाबारी भएको हो। घटनामा ५ जनाको मृत्यु भएको छ भने अन्य धेरै व्यक्ति घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर छ। रोहतक रेन्जका आईजी सन्दीप खिरवारका अनुसार फरेन्सिक विशेषज्ञ र […]