जनप्रगतिशिल मोर्चा जापानको तेस्रो अधिवेशन टोकियोमा हुँदै

टोकियो । नेपाली जनप्रगतिशिल मोर्चा जापानको तेस्रो अधिवेशन जापानको राजधानी टोकियोमा हुने भएको छ ।

हालै सम्पन्न भएको संगठनको एक भर्चुअल बैठकबाट यही २२ सेप्टेम्बरमा अधिवेशन आयोजना गर्ने निर्णय गरिएको बताइएको छ । नेत्रविक्रम चन्द विप्लव निकट प्रवासी संगठनका रुपमा रहेको मोर्चाको भर्चुअल बैठकबाट सम्मेलन आयोजक समिति पनि बनाइएको छ । नेकपाका विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चनको उपस्थितिमा सम्पन्न भर्चुल बैठकले दुर्गा खड्काको संयोजकत्वमा १९ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो । सोही बैठकबाट “प्रवासमा हुने सबैखाले शोषण दमन र दलालीको भण्डाफोर गरौ, नेपाली जनप्रगतिशिल मोर्चा जापानको तेर्सो अधिवेशन सफल पारौ” भन्ने नारा सहित सेप्टेम्बर २२ मा टोकियोमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । दुर्गा खड्काको संयोजकत्वमा गठित आयोजक समितिको सदस्यहरुमा सुरेन्द्र डिसी, सरु अधिकारी, निरन्जन गैरे, कृष्ण शाही, निरन्जन भट्टराई, प्रकाश बिक, अभि गजमेर, सुदर्शन नेपाली, अनिल पन्त, टोप ब घर्तिमगर, फणिन्द्र पोख्रेल, भिम न्यौपाने, ठकेन्द्र वली, सागर भारती, नबिन न्यौपाने, गणेश केसी, आकाश वली, सुरेश साउद रहेका छन् ।

तेस्रो सम्मेलनलाई नेकपाका महासचिव विप्लवले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने बताइएको छ । जापानमा बिभिन्न पेशा ब्यबसाय अध्ययन अध्यापन गरेर बसेका नेपालीहरु यस संगठनमा आवद्ध छन् । आयोजकले जापानमा रहेका र संगठनप्रति आस्था रहेका सबै नेपालीलाई सहभागी हुन आह्वान गरेको छ ।

Loading...