सोलारबात विद्युत् उत्पादन सुरु, पाँच मेगावाट राष्ट्रिय प्रसारण लाइनमा थपियो

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट विद्युत उत्पादन सुरु भएको छ। सन् २०१७ बाट निर्माण सुरु भएको सोलार फार्म प्रालिबाट उत्पादन गरेको पाँच मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

पहिलो निजी क्षेत्रबाट उत्पादन गरि बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज सो सौर्य ऊर्जा परियोजनाको शुभारम्भ गर्नुभयो ।
मन्त्री भुषालले सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउँदै सरकारी र निजी क्षेत्रको सहभागितामा ऊर्जाको विकास सम्भव रहेको बताउनुभयो ।
४३ करोडको लगानीमा निर्माण सम्पन्न भएको परियोजना बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ ले लगानी रहेको छ । डोल्मा इम्प्याक्ट फण्ड र स्थानीय केही व्यवसायीको पनि सो आयोजनामा लगानी रहेको छ ।
नेपालकै नमूनाको रुपमा हेरिएको उक्त सोलार परियोजना भारतको रेनेर्गो कम्पनीले निर्माण गरेको हो । परियोजन निर्माणमा विश्वका उच्च प्राविधिको उपकरण जडान गरिएको बताइएको छ । आयोजनाबाट दैनिक करिब २४ हजार युनिट विद्युत् उत्पादन हुने प्रालिको दावी रहेको छ।

 

Loading...