दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले ६ नेपाली बिरामीलाई उद्धार गरि स्वदेश पठाएको छ । दुवै मृगौला फेल भएकी सिन्धुपाल्चोककी तारा भण्डारी, सवारी दुर्घटनामा परि उपचाररत स्याङ्जाका दिल्लिराम पाठक, खुट्टामा घाउ भएर काम गर्न नसकेका सिन्धुलीका प्रकाश आले, बर्दियाका चित्रबहादुर राना मगर, सरस्वती पाठक र राज पौडेललाई उद्धार गरि स्वदेश पठाईएको संघ […]
प्रवास
नेपाली सामुदायिक भवन बनाउन अष्ट्रेलियन सरकारले दियो १० लाख डलर अनुदान
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली सामुदायिक भवन बन्ने भएको छ। भवन निर्माणाका लागि अष्ट्रेलियन सरकारले १० लाख डलर अनुदान दिने भएको छ । अष्ट्रेलियाको संघीय सरकारले नेपाली समुदायका लागि दिने भनिएको १० लाख डलर अनुदानको प्रकृया अन्तिम चरणमा पुगेको छ । सन् २०१९ को संघीय आम निर्वाचन ताका सिड्नीको एक उमेद्वार डेभिड कोलम्यानले नेपाली सामुदायिक […]
चीनले नेपाललाई तीन लाख डोज कोरोना खोप दिँदै
काठमाडौँ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख डोज खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको हो । चीनमा विकास र उत्पादन गरिएको भ्याक्सिनलाई विश्वकै सार्वजनिक हितमा प्रयोग […]
अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढ्यो
अस्ट्रेलिया । अस्ट्रेलियाले कोरोना भाइरसका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय बढाएको छ । अध्यागमन विभागका अनुसार यो प्रावधान अस्थायी रूपमा केही महत्त्वपूर्ण क्षेत्रमा मात्र लागू हुनेछ । अस्ट्रेलियाली गृहमन्त्रालयले एक सूचना जारी गर्दै वर्तमान कठिन अवस्थामा स्वास्थ्य, कृषिलगायतका अत्यन्तै जरुरी सेवामा आवश्यक जनशक्ति पूरा गर्न यो निर्णय लिइएको जनाएको छ । सूचनामा […]
बर्डफ्लुको संक्रमण देखिएपछि भारतमा हजारौं पन्छी मारियो
काठमाडौँ । कोरोना कहरसँगै भारतमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ । भारतका विभिन्न राज्यमा हाँस र कागमा फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ। विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए। भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ। केन्द्र सरकारले उच्च सतर्कता जारी गर्दै संक्रमण […]
नेपालका सन्तोष साह पुगे बीबीसी मास्टर सेफको अन्तिम चारमा
काठमाडौँ । नेपालका सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुग्न सफल भएका छन् । नेपाली सेफ साह मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनमा प्रशारित फाइनल चरणको पहिलो समूहबाट शीर्ष चारमा पुग्न सफल भएका हुन् । उनले यो चरणमा डिजर्टको रुपमा कोदोको खिर बनाएका हुन् । यस्तै उनले आँपको कुल्फी र आँपको […]
जापानमा २०३० पछि पेट्रोल कारको बिक्री बन्द हुने, विद्युतीय सवारीलाई प्राथमिकता
टोकियो । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ। जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ। जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई […]
ईन्जाको दोस्रो अन्तराष्ट्रिय मिडिया सम्मेलन सम्पन्न
कोभिड १९ का कारण सञ्चार क्षेत्र थिलथिलो भएको तथा करिब ३० अर्ब रुपैयाँको नेपाली मिडिया उद्योग धराशायी बन्न पुगेको बताईएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा)को ग्लोबल वेबमिनारमा कोरानाका कारण सञ्चार क्षेत्रमा परेको असरमा बारेका व्यापक छलफल गरिएको हो। दास्रो ईन्जा ग्लोबल मिडिया कन्फेरेन्सको भर्चुअल उद्घाटन गर्दै नेपाल सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत […]
बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती
लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ। तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्याएकाे योगदानको चर्चा गरे। लण्डनस्थित स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिजबाट विद्यावारिधि गरी उक्त विश्वविद्यालयको नेपाली […]
हङकङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु
काठमाडौँ । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार राति ८ बजेतिर लागेको आगोमा चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ । बालबालिकासहितका […]