कतारमा जेल जीवन बिताइरहेका १४ नेपालीले पाए आममाफी

दोहा । कतारले विभिन्न कसुरमा जेलजीवन बिताइरहेका १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।

कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा रहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो ।

कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो।

आममाफी पाएकाहरुलाई नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण भट्टराईले जानकारी दिए ।

कतारले रमादानको अवसरमा प्रत्येक वर्ष कसूरको प्रकृति हेरेर कैदी बन्दीलाई आममाफी दिँदै आएको छ ।

यसअघि विभिन्न कसुरमा जेल जीवन बिताइरहेका ८ जना नेपालीलाई कतारले माफी दिएको थियो। अघिल्लो वर्ष नै कोरोना महामारीको कारण थप १७ कैदी बन्दीलाई आमफी पाएका थिए ।

Loading...