काठमाडौँ । कोरोना कहरसँगै भारतमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ । भारतका विभिन्न राज्यमा हाँस र कागमा फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ। विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए। भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ। केन्द्र सरकारले उच्च सतर्कता जारी गर्दै संक्रमण […]
प्रवास
नेपालका सन्तोष साह पुगे बीबीसी मास्टर सेफको अन्तिम चारमा
काठमाडौँ । नेपालका सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुग्न सफल भएका छन् । नेपाली सेफ साह मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनमा प्रशारित फाइनल चरणको पहिलो समूहबाट शीर्ष चारमा पुग्न सफल भएका हुन् । उनले यो चरणमा डिजर्टको रुपमा कोदोको खिर बनाएका हुन् । यस्तै उनले आँपको कुल्फी र आँपको […]
जापानमा २०३० पछि पेट्रोल कारको बिक्री बन्द हुने, विद्युतीय सवारीलाई प्राथमिकता
टोकियो । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ। जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ। जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई […]
ईन्जाको दोस्रो अन्तराष्ट्रिय मिडिया सम्मेलन सम्पन्न
कोभिड १९ का कारण सञ्चार क्षेत्र थिलथिलो भएको तथा करिब ३० अर्ब रुपैयाँको नेपाली मिडिया उद्योग धराशायी बन्न पुगेको बताईएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा)को ग्लोबल वेबमिनारमा कोरानाका कारण सञ्चार क्षेत्रमा परेको असरमा बारेका व्यापक छलफल गरिएको हो। दास्रो ईन्जा ग्लोबल मिडिया कन्फेरेन्सको भर्चुअल उद्घाटन गर्दै नेपाल सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत […]
बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती
लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ। तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्याएकाे योगदानको चर्चा गरे। लण्डनस्थित स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिजबाट विद्यावारिधि गरी उक्त विश्वविद्यालयको नेपाली […]
हङकङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु
काठमाडौँ । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार राति ८ बजेतिर लागेको आगोमा चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ । बालबालिकासहितका […]
पर्खाल नाघेर आर्मी अफिसरको घरमा छिरेर लुकेर बस्ने महिला पक्राउ
काठमाडौं, २७ कार्तिक । घरको पर्खाल नाघेर एक आर्मी अफिसरको घरमा लुकेर बस्ने नेपाली महिला भारतमा पक्राउ परेकी छन् । भारतीय सेनाका अफिसरको घरमा ती महिला गैरकानुनी रुपमा बसेको भन्दै प्रहरीले पक्राउ गरेको हो । भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्र ती महिलालाई प्रहरीले भेटाएको थियो । २६ वर्षीया महिला नेपालको नवलपरासी जिल्लाकी भएको […]
भारतीय सेना प्रमुख नरवणे आज नेपाल आउँदै, काठमाडौंमा बढाइयो उच्च सुरक्षा सतर्कता
काठमाडौं, १९ कार्तिक । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपालको तीन दिने भ्रमणमा आउँदै छन् । भारतीय सेना प्रमुख नेपालमा आउने भएपछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता बनाइएको छ । नरवणे नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी बुधवार अपराह्न भारतीय सेनाको […]
जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था जोखिममा रहेको दावी
जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था जोखिममा रहेको दावी गरिएको छ। बिहीबार टोकियो सोलमारी मुरा हलमा आयोजित पत्रकार सम्मेलनमा जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था पछिल्लो समयमा भन्दा धेरै जोखिममा रहेको तथ्याकं प्रस्तुत गरियो। करिव एकलाखको हाराहारीमा रहेका नेपाली मध्ये वार्षिक एक दर्जन बढीको अकालमा मृत्यु हुने तथा उत्ति नै सख्यामा लामो समय उपचारका लागि अस्पताल भर्ना हुने गरेको […]
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल पुनः निर्वाचित
काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद (एचआरसी) को सदस्यका रुपमा नेपाल पुनः निर्वाचित भएको छ । अमेरिकाको न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको चुनावमा नेपाल सदस्यमा निर्वाचित भएको हो । नेपाल अहिले मानव अधिकार परिषदको सदस्यका रुपमा रहेको छ, सन् २०१८ को जनवरीदेखि । १५० मतसहित पुनः सदस्यका रुपमा निर्वाचित भएको नेपालले परिषदमा सदस्यका […]









