कुस्ती केन्द्रमा गोली हानाहान हुँदा पाँचको मृत्यु, थुप्रै घाइते

काठमाडौं । भारतको हरियाणास्थित रोहतकमा शुक्रबार राति गोली हानेर ५ जनाको हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय एक निजी कलेजनजिक रहेको कुस्ती केन्द्रमा गोलाबारी भएको हो।

घटनामा ५ जनाको मृत्यु भएको छ भने अन्य धेरै व्यक्ति घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर छ। रोहतक रेन्जका आईजी सन्दीप खिरवारका अनुसार फरेन्सिक विशेषज्ञ र प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेका छन्। प्रहरी अधिकारीका अनुसार मृतकमा एक जना कुस्ती प्रशिक्षक पनि छन्।

अधिकारीका अनुसार घाइतेमा ३ वर्षका बच्चासमेत छन्। प्रारम्भिक अनुसन्धानअनुसार कुस्ती केन्द्रमा एक प्रशिक्षकले गोली हान्न सुरु गरेको पत्ता लागेको छ। तर यसको विस्तृत विवरण प्राप्त भइसकेको छैन।

उनका अनुसार कुस्ती प्रशिक्षकबीचको दुश्मनीले घटना भएको हुन सक्ने अनुमान छ।

Loading...