‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित आज विश्व रेडियो दिवस

काठमाडौँ। ‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ।
नेपालमा वि.सं २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण शुरु भएपनि औपचारिक रुपमा भने वि.सं २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो । नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले रेडियोको प्रसारण शुरु गरेको थियो।

नेपालमा २०५२ सालदेखि निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको हो । हाल नेपालमा सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनका लागि इजाजत प्राप्त एफएम रेडियोको संख्या ९०० हाराहारी छ भने ७०० भन्दा बढी रेडियोले नियमित प्रसारण गरिरहेका छन् ।

Loading...