एनआरएनए कुवेतद्वारा ६ नेपाली बिरामीको उद्धार

दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले ६ नेपाली बिरामीलाई उद्धार गरि स्वदेश पठाएको छ ।

दुवै मृगौला फेल भएकी सिन्धुपाल्चोककी तारा भण्डारी, सवारी दुर्घटनामा परि उपचाररत स्याङ्जाका दिल्लिराम पाठक, खुट्टामा घाउ भएर काम गर्न नसकेका सिन्धुलीका प्रकाश आले, बर्दियाका चित्रबहादुर राना मगर, सरस्वती पाठक र राज पौडेललाई उद्धार गरि स्वदेश पठाईएको संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।

उनीहरुलाई निशुल्क हवाइ टिकट र पिसिआर परीक्षण गरेर जजिरा एयरवेजको उडान मार्फत स्वदेश पठाईएको अध्यक्ष केसीले बताए ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतका अध्यक्ष केसी ९४४७१२२२ र महासचिव दिलकुमार पाख्रीनलाई ९७५५७३१३ मा सम्पर्क गर्न सकिने एनआरएनले जनाएको छ ।

अहिलेसम्म संघले महामारीका कारण कुवेतमा अलपत्र श्रमिकहरु, रोजगारी गुमाएर, विभिन्न रोग लगेर विरामीसहित २६ नेपालीको उद्धार गरेको छ ।

Loading...