कोरोनाले अमेरिकामा मृत्यु हुने ४ लाख ७९ हजार नाघे

काठमाडौँ । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २६५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ७९ हजार ७७२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९५ हजार ५४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७७ लाख ९९ हजार नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ७६ लाख ३९ हजार २१७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९६ लाख ८० हजार ९५७ जनामध्ये २१ हजार ४६० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Loading...