मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरुको न्यूनतम तलब १२०० रिङ्गिट हुनैपर्ने

काठमाडौँ, १५ पुष । वैदेशिक रोजगारीका लागि मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरु कोन्यूनतम तलब १२०० अनिवार्य हुनुपर्ने भएको छ । दूतावासले श्रम सम्बन्धी मागपत्रहरुमा अनिवार्य रुपमा न्यूनतम तलब १२०० रिङ्गिट तोकि सोही अनुसार पेश गर्न सावर्जनिक सूचना जारी गरेको छ । त्यो भन्दा कम तलब राखेर मागपत्र बुझाए दूतावासले त्यसलाई प्रमाणकरण नगर्ने भएको छ […]

विवादास्पद नागरिकता कानुनको बचाउ,भारतीय सांसद र संसद्को सम्मान : प्रधानमन्त्री मोदी

एजेन्सी नयाँ दिल्ली, नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर देशैभर प्रदर्शन भइरहे पनि विवादास्पद नागरिकता कानुनको बचाउ,भारतीय सांसद र संसद्को सम्मान गर्न भने उक्त कानुनको बचाउ गरेका छन्। ‘धार्मिक आस्थाका कारण सताइएका मानिसलाई सहयोग गर्न हामीले यो विधेयक पारित गरेका हौं,’ राजधानी नयाँ दिल्लीमा आयोजित एउटा यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘हामीले भारतीय सांसद र संसद्को […]

पाकिस्तानी दुतावासद्धारा पुरस्कार वितरण समारोहको आयोजना

काठमाडौं । काठमाडौमा रहेको पाकिस्तानी दुतावासले वार्षिक एम्बेस्डर निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । दुतावासले काठमाडौंको बौद्धस्थित होटल हायातमा आठौ निबन्ध लेखन तथा चौथो वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई विशेष समारोहको आयोजना गरी पुरस्कार वितरण गरेको हो । समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो । त्यसैगरी […]

टोकियोमा निधन भएका मल्लको अन्त्येष्टिका लागि सहयोगको अपिल

टाेकियाे । टोकियोमा एक जना नेपाली विधार्थी सुरज मल्लको उपचारका क्रममा निधन भएको छ । सुदुरपश्चिमको डढेल्धुरा जिल्ला भद्रपुर -५ घर भई दुई बर्ष अघि विधार्थी भिषामा जापान आएका २५ वर्षिय मल्लको डिसेम्बर १ तारिख उपचारका क्रममा दु:खद निधन भएको हो । नोभेम्बर ३० तारिख राति श्वास फेर्न समस्या आएपछि उनलाई इताबासी स्थित निहोन यूनिभर्सिटी […]

चीनमा नेपाली विद्यार्थीलाई अझ धेरै छात्रवृत्ति उपलब्ध गराईने

काठमाडौं, १४ मंसिर । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलले नेपाल र चीनबीचको सम्बन्ध अझ फराकिलो र घनिष्ट भएको बताउनुु भएको छ । शनिवार काठमाडौंस्थित होटल याक एण्ड यतिमा आयोजित चीनमा अध्ययन गरि फर्किएका विद्यार्थीहरुको छैठौ भेलालाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले सो विचार व्यक्त गर्नुभएको हो । “हामी दुई मुलुकबीचमा गहिरो समझदारी, घनिष्ट मैत्री सम्बन्ध […]

४ सय वर्ष पुरानो चिनियाँ उपन्यासमा आधारित सिरियल ‘पश्चिमतिरको यात्रा’ दुइ टेलिभिजनले प्रसारण गर्ने

    नेपाली भाषामा स्वाराङ्कन गरिएको अति लोकप्रिय चिनिया टिभी सिरियल ‘पश्चिमतिरको यात्रा’ को तेश्रो धारावाहिक प्रसारणको बुधबार सुभारम्भ गरिएको छ ।अरनिको समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ संस्कृतिविद् तथा शताब्दि पुरुष सत्यमोहन जोशीले काठमाडौं अनामनगरस्थित तमु बौद्ध सेवा समितिमा  सो धारावाहिक प्रसारणको सुभारम्भ गर्नुभएको हो । सो समारोहलाई सम्बोधन गर्दै जोशीले “Journey to the […]

सत्तारुढ नेकपाले गर्याे जर्मनीको वामपन्थी पार्टी डि लिंकेसँग ६ बुँदे सम्झौता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जर्मनीको वामपन्थी पार्टीसँग ६ बुँदे समझदारी गरेकाे छ । विश्वका वामपन्थी कम्युनिस्ट पार्टीहरुसँग सम्बन्ध विस्तार गर्ने क्रममा नेकपाले जर्मनीकाे डि लिंके पार्टीसँग यस्ताे समझदारी गरेकाे हाे । नेपाल भ्रमणमा आएको जर्मनीको वामपन्थी पार्टी डि लिंके र नेकपाले ६ बुँदे समझदारी गरी अापसमा आदानप्रदान गरेका छन । यसअघि नेकपाले […]

सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत

काठमाडौँ, २६ कात्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष परिसरमा सातै प्रदेशको प्रतिनिधित्वि हुने गरी साँस्कृतिक झाँकीसहितको गीतसङ्गीत र नृत्यद्वारा स्वागत गरिएको छ । नेपाल प्रहरीको सङ्गीत विद्यालयबाट प्रशिक्षण प्राप्त ६७ कलाकारले राष्ट्रपति हमिदको स्वागतमा सांस्कृतिक नृत्यसहितको झाँकी प्रस्तुत गरे । नेपाली सेनाबाट सम्मान गारत अर्पणपछि रातो गलैँचामा पदार्पण गर्दा […]

नेपाल म्यान्मा सांस्कृतिक सम्बन्ध अझै झाँगिने विश्वास

काठमाडौँ, १६ कात्तिक । नेपाल र म्यान्माले दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्न संस्कृति र कलाका क्षेत्रमा आपसी सहयोगलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेका छन् । दुई देशको सांस्कृतिक सम्बन्ध र सहयोगलाई विकास गर्न र बढावा दिनका लागि गरिएको नौबुँदे समझदारीमा संस्कृति र कलाका लागि मानव संसाधन विकासलाई प्रवद्र्धन गरिने, दुवै देशको आपसी समझदारीलाई प्रवद्र्धन गरिने तथा […]

अमेरिकाले राष्ट्रसंघलाइ बुझाउनुपर्ने एक अर्ब डलर नबुझाएपछि कर्मचारीको तलब खुवाउन नै समस्या

काठमाडाैं । संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ । राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ । महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेका हुन् । राष्ट्रसंघ विश्वका एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो । सदस्य राष्ट्रमध्ये […]