गोरखा, ९ कार्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकमा भूकम्पपछि निर्माण भइरहेको एकीकृत नमूनाबस्ती निर्माणको कामबाट आफूहरुले हात नझिकेको बताएका छन् । सदरमुकाममा आज पत्रकारहरुसँगको भेटघाटमा अध्यक्ष पन्तले गुप्सीपाखामा निर्माणाधीन एकीृकत बस्ती निर्माणको काम अन्तिम चरणमा पुगिसकेको भन्दै अबको दुई महीनाभित्र निर्माणको काम सम्पन्न हुने बताए । “लाप्राकको गुप्सीपाखामा […]
प्रवास
नेपाली राष्ट्रपति भण्डारी र जापानी प्रम आबेबीच भेटवार्ता
जापान, ४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय […]
बाबुराम र उपेन्द्रको प्रवासी संगठनमा विवाद, एकता घोषणा कार्यक्रमबाट बने दुई छुट्टै संगठन
टोकियो । नेपाली संघीय समाज जापान र अन्तराष्ट्रीय नेपाली समाजको औपचारिक एकता घोषणा कार्यक्रम बिवादमा परेको छ । आज अक्टूबर २० तारीखमा जापानको राजधानी टोक्योको रोधीमा एक पक्षले एकता घोषणा कार्यक्रम गरि नयाँ कमिटी घोषणा गरेको छ भने अर्को पक्षले उक्त नेपाली संघीय समाज मात्र भएको जनाएको छ । नेपालमा संघीय समाजवादी फोरम र नयाँ […]
यस्ता छन एनआरएनएका नयाँ बाचा
काठमाडौँ, २ कात्तिक । सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ । एनआरएनएले नेपालको समृद्धिका निम्ति ठूला आयोजनामा नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको […]
एनआरएनएको अध्यक्षमा कुमार पन्त बिजयी
काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा बिजयी भएका हुन् । परिणामकाे औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् । बिहीबार […]
जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो
टोकियो, २७ असोज । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने देखिएको छ । खोजी तथा उद्धार कार्य जारी रहेको र कैयौ व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान […]
नेपाल–भारत सीमामा घर फर्किनेको घुइँचो
राँझा, १७ असोज । भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको नेपालगञ्ज सीमानाकामा घुइँचो लाग्ने गरेको छ । भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली नेपालगञ्ज नाका भएर अहिले दैनिक एक हजारभन्दा बढी नेपाल फर्किने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए । उनका अनुसार, सीमावर्ती भारतीय बजार रुपैडिहाबाट […]
सीमा नाकामा भारतीय पर्यटकको स्वागत
कैलाली, १० असोज । विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको हो । स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले नेपाल र […]
भारत बेचिएकी महिला २५ दिनपछि भागेर घर फिर्ता
जलेश्र्वर, ९ असोज । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी […]
गोसवि मञ्चका अध्यक्ष खत्री जापानमा सम्मानित
टोकियो । गोल्कोट संस्कृति संरक्षण समाज विकास मञ्चका अध्यक्ष रामबहादुर खत्री जापानमा सम्मानित भएका छन् । मञ्चको जापान शाखाले उनलाई सम्मान गरेको हो । जापानको साइतामा केनमा एक कार्यक्रमको आयोजना गरी मञ्चले खत्रीलाई सम्मान गरेको जनाएको छ । जापान भ्रमणका लागि पुगेका खत्रीलाई उनले समाजमा पुर्याएको योगदान र कामको कदर गर्दै सम्मान गरिएको गैर आवासीय […]









