एनआरएनएको अध्यक्षमा कुमार पन्त बिजयी

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा बिजयी भएका हुन् । परिणामकाे औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् । बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो। विहिवार राती अबेरसम्ममा नै अन्तिम अतपरिणाम आइसक्ने अपेक्षा गरिए पनि विवादकै कारण शुक्रबार मात्र अन्तिम मतपरिणाम आएको हो । 

गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत् छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।

पन्तले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गरेका थिए । उनले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिएका छन् ।

उपाध्यक्षमा मिश्रित परिणाम आएको छ । उपाध्यक्षका लागि भएको निर्वाचनमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी
र रविना थापा विजयी भएका छन् ।

महासचिवमा डा. हेमराज शर्माले जितेका छन् । त्यस्तै, सचिवमा गौरी जोशी, र आरके शर्मा विजयी भए । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः महेश श्रेष्ठ र लोक दाहाल चयन भएका छन् ।

यस वर्षको गैरआवासीय नेपालीको हर्कतका कारण नवौं विश्व सम्मेलन नै विवादित बन्न पुगेको छ ।

Loading...