परदेशमा पौरख स्वदेशमा सेवा, अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीमा नयाँ नेतृत्व

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोख्रेलले प्रदेशमा रहेर पनि नेपालमा परोपकारी तथा सामाजिक सेवामा लागेको अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीको कामप्रति खुसी व्यक्त गरेका छन् ।

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको अष्ट्रेलियाको सिड्नीमा सम्पन्न चौथो अधिवेशनका अवसरमा राजदूत पोख्रेलले पर्यटन, स्वास्थ्या, शिक्षा र प्राकृतिकविपदको समयमा नेपाल र अष्ट्रेलियामासञ्जालले गरेको परोपकारी सामाजिककार्य प्रतिखुसीव्यक्त गरेका हुन् ।

उनले कामको शिलशिलामाअष्ट्रेलियामा रहेपनि नेपाल र नेपालीप्रति समाजले देखाएको सहयोगको भावले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताए ।

यसैगरी कार्यक्रमका अध्यक्षमु क्तिराम पोखरेलले २ वर्षको कार्यकालमा आफ्नो नेतृत्वमा भए गरेका कामका बारेमा जानकारी गराएका थियो । उनले सञ्जालको नेतृत्वमा मानविय, सामाजिक तथा परोपकारी कार्य गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन समेत गरे ।

संस्थाको स्थापनाकाल देखि नै मानवीय एवं परोपकारी कार्यहरु गरेको, कोभिड महामारी प्रभावितलाई राहतवितरण, यौन हिंसामा परेका बालबालिकाहरुलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनएमार्फत सहयोग, अनाथ आश्रममा रहेका फरक क्षमता तथा सिमान्त अनाथ तथा अपाङ वालवालिकालाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण, मानविय तथा परोपकारी कार्यका लागि रक्तदान कार्यक्रम, अस्पताल तथा स्वास्थ्य सामाग्रीवितरण, उत्प्रेरणामुलक जिवनउपयोगि ज्ञान मुलक सत्सङ्ग अभिमुखिकरण, साहित्यिक तथा सांस्कृत्तिक संरक्षणका लागि साहित्यिक साक्षरता कार्यक्रम, महिलाहरुको तिज कार्यक्रम, नेपालितथाअंग्रेजिनयाँवर्षमा चेतनामूलकतथा सांस्कृतिक संरक्षणमा टेवापुग्ने जस्ता कार्यक्रमहरु, अक्षयकोष मार्फत असाहायवालवालिकालाई शैक्षिकअध्ययनमा सहयोग सिमान्तकृत असायएव् अपाङ् वालवालिका शैक्षिक सामाग्रीतथाविद्यालयपोशाक जस्ता कार्यक्रमहरु सम्पन्न गरिसकेको उनले जानकारी गराएका छन् ।

कार्यक्रममा अष्ट्ेलियाका निर्वतमान वहुसाँस्कृतिक तथा जेष्ठ नागरिक मन्त्री मार्क जोसेफ कोरले यस सञ्जालले बहुसाँस्कृतिक संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको प्रष्ट पारे ।
यसैगरी कार्यक्रममा फेन्काका उपाध्यक्ष डा. मधुसुदन पुडासैनीले भूगोलको हिसावले पर भएपनि समाजको सक्रियतामा कर्मभूमीबाट जन्मभूमीप्रति गरेको सहयोग र सेवा सहरानीय रहेको बताए ।

यसैगरी कार्यक्रममा गैर आवशिय नेपाली संघका उपाध्यक्ष डा. विनोद श्रेष्ठ, सचिव डा. ज्ञानेन्द्र रेग्मी, गैर आवशिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्षअनिलपोखरेल, एनआरएनएओसियाना क्षेत्रीय उपसंयोजक अरुण कुमार ठाकुर, बरिष्ठ समाजसेवी डा. नारायण प्रधान, बुटवल उप महानगरपालिकाकापूर्वमेयर शिवराज सुवेदीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममाअष्ट्रेलियामा रहेर स्वास्थ्या क्षेत्रमा महत्वपूर्ण योगदान गरेकी डा. सिर्जना शर्मालाई सम्मान गरिएको थियो ।

यसैगरी कार्यक्रममापण्डित नारायण शास्त्रीले रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले सामाजिक सेवासंगै समुदायमा सत्भावविकास गराउने कार्यमा समेत गरेको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा प्रशंसा स्वार र सुषुम्ना खरालले नेपाली सँस्कृति झल्कने नृत्य प्रस्तुत गरे।

अधिवेशनबाट २ वर्षका लागि दिवाकर काफ्लेको अध्यक्षतामा नयाँकार्यसमिति गठन गरिएको छ । जसमा उपाध्यक्ष रञ्जिता भण्डारी, महासचिव सूचना पाण्डे, कोषाध्यक्षमाप्रदिपपन्थि, सचिवमाकमलचापगाई, परियोजना संयोजककमल भण्डारी, पब्लिकअफिसर राजन खड्का, महिला संयोजकगायत्रीपौडेल, खेलकुद संयोजक सरोज पाठक, सूचनाप्रविधि संयोजक सरोज पाण्डे, साँस्कृतिक संयोजक प्रदिप खनाल रहेका छन् ।

यसैगरी कार्यसमिती सदस्यहरुमापदमअधिकारी, योगेश पराजुली, राजु खनाल, झ्यागंजी खरेल, संयोग गौतम, रे खरेल,श्रृजना खड्का, शंकर शर्मा, घनश्याम पाण्डे,बसन्त भण्डारी र सुनिता न्यौपाने रहनुभएको छ । यसैगरी सञ्जालको सल्लाहकारमा डा. प्रकाशपौडेल,रोशन कोइराला, टि एन अर्याल, रामचालीसे, चुन्ना क्षेत्री, प्रमोद कार्की छन् भने संरक्षकमा राज खनाल, कृष्ण गैरे, इश्वर पोखरेल र मुक्तिराम पोख्रेल रहेका बताइएको छ ।

 

Loading...