एजेन्सि, २९ पुस । पाकिस्तानमा अस्वभाविक वर्षा र हिमपातका कारण कम्तीमा ८० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। तीमध्ये ६० जनाभन्दा बढी पाकिस्तान प्रशासित कश्मीरमा मारिएका थिए। कश्मीरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएका छन्। अफगानिस्तानमा गत तीन दिनमा हिमपातका कारण २४ जनाको ज्यान गएको बताइएको छ। त्यस क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध हुन […]
प्रवास
सामूहिक बलात्कारका चार दोषीलाइ ७ दिनपछि झुण्ड्याइदै, मृत्युदण्डअघि परिवारलाइ भेटन दिइने
काठमाडौँ । भारतको तिहाड कारागारका अधिकारीहरुले निर्भया सामूहिक बलात्कार घटनाका चारजना दोषीहरुलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरेका छन् । टाइम्स अफ इण्डियाले कारागार श्रोतलाई जनाउँदै आफ्नो रिपोर्टमा लेखेको छ, ‘२० जनवरी अर्थात फासी हुने दुईदिन अघिसम्म दोषीहरुलाई परिवारका सदस्यसँग भेटघाटका लागि अनुमति दिइने छ ।’ कारागारका अधिकारीले भनेका छन् […]
इरानमा ट्रंपको समर्थनमा प्रर्दशन, सुलेमानीको पोस्टर च्यातेर फाले
एजेन्सि, इरानमा सयौँको संख्यामा जम्मा भएका विद्यार्थीहरुले विमान दुर्घटनाका सम्बन्धमा सरकारी अधिकारीले पहिले झुट बोलेको भन्दै विरोध प्रदर्शन गरेका छन् । गएको बुधबार तेहरानबाट किएभका लागि उडेको युक्रेनी विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो । सुरुमा विमान दुर्घटना आफ्ना कारणले नभएको भनेर झुट बोलेको भन्दै तेहरानमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । कम्तिमा तेहरानका दुई विश्वविद्यालय […]
धमाधम कतारबाट नेपाल फर्कदै कामदार
काठमाडौं, २७ पुस । विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ । नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन । कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भए […]
दुबईको विमानस्थल पूरै जलमग्न
दुवई, २७ पुस । युएईको दुबईस्थित अल मकतूम इन्टरनेशनल विमानस्थल डुबानमा परेको छ । दुबईमा भारी वर्षाका कारण सो विमानस्थलमा त्यो अवस्था आएको हो । गएको १२ घण्टादेखि त्यो अवस्था रहेको र कैयौं मानिस त्यहाँ फसेकोमा करिब ३०० भारतीय नागरिक मात्रै भएको जनाइएको छ । दुबई विमानस्थल विश्वकै व्यस्त विमानस्थलमा पर्छ । शनिबार भारी वर्षा […]
आगो निभाउँदा पिताको ज्यान गयो, १९ महिने छोरालाई दिइयो ‘मेडल’
एजेन्सी । अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ । डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका कारण लाखौँ हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी […]
जापानले फेरि माग्यो २३ सय नेपाली कामदार
काठमाडौं, २० पुस । जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ ।जापान फाउण्डेसनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । जनवरी ७, […]
गोली हानाहान हुँदा गोरखाका अर्जुन थापा मगरको मृत्यु
काठमाडौं, १७ पुस, काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय […]
पर्वत सेवा समाज यूएईको बनभोज कार्यक्रम सम्पन्न
यूएई, दुबई । पर्बत सेवा समाज यूएई ले अंग्रेजी नया बर्ष २०२० को अवसर पारेर शुक्रवार दुबई स्थित मुशरिफ पार्क मा भब्यताका साथ बनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न गर्यो। एक आपसमा समझदारी, भाईचारा साथै बसन्त ऋतुको आगमनमा हर्ष उल्लास सदैब कायम रहोस् ,नया बर्षको शुभकामना साटासाट ,वन्धुत्व भावना कायम प्रगाढ होस् भन्ने उद्देश्यका साथ पारिवारिक […]
भ्रमण वर्ष २०२० तामझामका साथ चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित बुधबारबाट सुरु
काठमाडौं, १६ पुस । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष बुधबारबाट सुरु हुँदैछ । उद्घाटन समारोहको आयोजना गरी सरकारले भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ । पहिलो पटक भ्रमण वर्ष मनाउने क्रममा सरकारले कुल ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । […]










