पाकिस्तानी दुतावासद्धारा पुरस्कार वितरण समारोहको आयोजना

काठमाडौं । काठमाडौमा रहेको पाकिस्तानी दुतावासले वार्षिक एम्बेस्डर निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । दुतावासले काठमाडौंको बौद्धस्थित होटल हायातमा आठौ निबन्ध लेखन तथा चौथो वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई विशेष समारोहको आयोजना गरी पुरस्कार वितरण गरेको हो ।

समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो । त्यसैगरी कार्यक्रममा पाकिस्तान नेपाल मैत्री संघ तथा सांस्कृतिक संघका अध्यक्ष हिमालय शमशेर राणा पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दृृतीय हुनेलाई ४० हजार र तृतीय हुनेलाई ३५ हजार नगदका साथै मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको थियो । त्यसका साथै १० जना उत्कृष्ट विद्यार्थीहरुलाई पनि ५ हजार राशीको नगद पुरस्कार पनि प्रदान गरिएको थियो । निबन्ध लेखन प्रतियोगिताको शिर्षक ‘सिल्क रोडः विगत, विर्तमान र भविष्य’ रहेको थियो ।

त्यसैगरी ‘बहिस्कृत दृष्टिकोणभन्दा समावेशी सफलताको कुँजी हो’ शिर्षकको वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा पनि प्रथम हुनेलाई ५० हजार, दृृतीय हुनेलाई ४० हजार, तृतीय हुनेलाई ३५ हजार र चौथो हुने विद्यार्थीलाई २५ हजार नगदका साथै मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको थियो । त्यसैगरी १२ जना उत्कृष्ट प्रतियोगी विद्यार्थीहरुलाई पनि ५ हजार राशीको नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

कार्यक्रमपछि पाकिस्तानी दुतावासले जारी गरेको प्रेस वक्तव्यका अनुसार उच्च माध्यमिक तहदेखि विश्वविद्यालय तहसम्मका एक हजारभन्दा बढी विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका थिए । पुरस्कार वितरण समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रतियोगितामा सहभागी विद्यार्थीहरु मेहनतको प्रशंसा गर्दै उनीहरुलाई दुई देशबीचका बलिया युवा पुल भएको बताउनुभयो । त्यसैगरी नेपालका लागि पाकिस्तानी राजदुतले दुई देशका युवाहरुबीचको अन्तरक्रियामाथि प्रकाश पार्नुभयो ।

यी दुई प्रतियोगिता काठमाडौंस्थित पाकिस्तानी दुतावासले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छ । निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता देशभरका नेपाली युवा विद्यार्थीबीच लोकप्रिय बन्नुका साथै यसप्रति आकर्षण बढ्दै गएको छ ।

Loading...