मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरुको न्यूनतम तलब १२०० रिङ्गिट हुनैपर्ने

काठमाडौँ, १५ पुष । वैदेशिक रोजगारीका लागि मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरु कोन्यूनतम तलब १२०० अनिवार्य हुनुपर्ने भएको छ । दूतावासले श्रम सम्बन्धी मागपत्रहरुमा अनिवार्य रुपमा न्यूनतम तलब १२०० रिङ्गिट तोकि सोही अनुसार पेश गर्न सावर्जनिक सूचना जारी गरेको छ ।

त्यो भन्दा कम तलब राखेर मागपत्र बुझाए दूतावासले त्यसलाई प्रमाणकरण नगर्ने भएको छ । मलेसियास्थित नेपाली दूतावासले २ जनवरी २०२० देखि लागू हुने गरी उक्त तलब पेश भएका मागपत्रमात्र स्वीकृत गरिने जनाएको हो ।

मलेसियाका लागि मागपत्र पेश गर्दा न्यूनतम तलब १२०० रिङ्गिट हुनैपर्ने

Loading...