लुम्बिनी । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती । भगवान् गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको स्मरणमा मनाइने यो दिन नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बी तथा शान्तिप्रेमीहरूले श्रद्धाका साथ मनाइरहेका छन्। लुम्बिनी, स्वयम्भू, बौद्ध, कपिलवस्तु, देवदह, नमोबुद्ध, रामग्राम लगायत स्थानमा विशेष पूजा, दीप प्रज्वलन, प्रवचन र ध्यान कार्यक्रम हुँदैछन्। गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ […]
ननस्टप विशेष
एकल महिलालाई जनप्रतिनिधिले उठिबास लगाउन खोजेको आरोप
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका २ नम्बर वडाका अध्यक्ष दुत्तबहादुर थिङ र ४ का वडाअध्यक्ष रवि रानामगरले अख्तियारीको दुरुपयोग गरेर एकल महिलामाथि अन्याय गरेको आरोप लागेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीडित अन्जु केसीले आफूलाई न्यायको लागि सघाउनुको सट्टा अध्यक्षदेखि अदालतका कर्मचारीसम्मको मिलिमत्तोमा थप पीडा दिएको गुनासो गरेकी छन् । रौतहट जिल्ला चन्द्रपुर […]
तीनै तहका सरकारलाई प्रेस सेन्टरले एकैदिन दियो ज्ञापनपत्र
काठमाडौं । प्रेस सेन्टर नेपालले आज एकैपटक सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ। पत्रकारको हत्यारामाथि कारबाही, पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको भौतिक तथा पेशागत सुरक्षालगायतका मुद्दा समेटिएको सो ज्ञापनपत्र देशभरका सरकार र सम्बन्धित निकायहरूलाई बुझाइएको हो। केन्द्रीय समिति अध्यक्ष कमल गिरीको नेतृत्वमा आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ तथा […]
अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्छ : प्रचण्ड
धरान । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरानमा आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त सम्मेलनमा सहभागी हुन पुगे। त्यहाँ उनले अहिलेको निर्वाचन प्रणाली जनताको नभई धनी र शक्तिशालीहरुको पक्षमा रहेको भन्दै संविधान संशोधनको खाँचो औंल्याए। प्रचण्डले राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली आवश्यक भएको बताए। संविधान संशोधन गरेर […]
भक्तपुरमा करिब ७२ लाख बराबरको अवैध कपडा र धाराका पार्टपुर्जा बरामद
भक्तपुर । भक्तपुर प्रहरीले करिब ७२ लाख बराबरको अवैध कपडा र धाराका पार्टपुर्जा बरामद गरेको छ । भक्तपुरको सूर्यविनायक-८ जगाती स्थित अरनिको हाइवेको चेकप्वाइन्टमा चेकजाँच गर्दा साँगाबाट भक्तपुरतर्फ आईरहेको बा. ४ ख. ७६० नम्बरको सेतो रंगको ट्रकबाट आइतबार बिहान करिब १० बजेको समयमा सो कपडा र धाराका पार्टपुर्जा बरामद भएको हो । भन्सार छली गरेर […]
लोग्नेको ज्यान लिने स्वास्नी र स्वास्नीको ज्यान लिने लोग्ने पक्राउ
न्यूजकारखाना, खोटाङ । आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जसअनुसार हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई प्रहरीले पक्राउ गरेको हो । विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई […]
दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सब-इन्जिनियर बिरुद्ध भ्रष्टाचार मुद्दा
भक्तपुर । भक्तपुरको दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सब-इन्जिनियर कुमार पौड्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीबिरुद्ध मुद्दा दायर गरेको हो । २०५१ सालदेखि सरकारी सेवा सुरु गरेका पौड्यालले २०८० सालसम्म पुग्दा, तलब, भत्ता, र कानुनी स्रोतबाट जम्मा २ करोड ५८ लाखको आय […]
ट्रिपर पल्टिँदा गयो चालकको ज्यान
काभ्रेपलान्चोक । आइतबार बिहान काभ्रेको मण्डनदेउपुर- ७ इन्द्रावती खोलाको बगरमा बालुवा लोड गरी फर्किने क्रममा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा ४ ख ३३६६ नम्बरको टिपर आइतबार बिहान करिब ३ बजेको समयमा उल्टो ब्याक भई सडकबाट अन्दाजी १ सय मिटर तल पल्टिँदा टिपर चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हो […]
उदयको अध्यक्षतामा राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटमा नयाँ कार्यसमिति
नुवाकोट । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको सातौं वार्षिक साधारण सभाले १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शनिबार ककनीमा सम्पन्न साधारण सभाले उदय बहादुर रानामगरलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नवराज ढकाल, उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा राजुप्रसाद प्याकुरेल, सहसचिवमा विनोद न्यौपाने र कोषाध्यक्षमा कृष्णराज खतिवडा निर्वाचित भएका छन् । सदस्यहरुमा […]
कृतज्ञता दिवस मनाउने पाकिस्तानको घोषणा
न्यूजकारखाना, काठमाडौ । पाकिस्तानी प्रधानमन्त्रीले भारत विरुद्ध सफल सैन्य अपरेशनको सम्झनामा यूम ए ताशाकुर (कृतज्ञता दिवस) घोषणा गरेका छन् । प्रधानमन्त्री शेहबाज सरिफले घोषणा गरेका छन् कि देशले भारतीय आक्रमणको पाकिस्तानको उचित जवाफ र अपरेशन बुन्यान उम मार्सोसको सफलतालाई चिनाउन यूम ए ताशाकुर मनाउने भएको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार भगवानप्रति कृतज्ञता […]











