उदयको अध्यक्षतामा राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटमा नयाँ कार्यसमिति

नुवाकोट । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको सातौं वार्षिक साधारण सभाले १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शनिबार ककनीमा सम्पन्न साधारण सभाले उदय बहादुर रानामगरलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नवराज ढकाल, उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा राजुप्रसाद प्याकुरेल, सहसचिवमा विनोद न्यौपाने र कोषाध्यक्षमा कृष्णराज खतिवडा निर्वाचित भएका छन् । सदस्यहरुमा […]

कृतज्ञता दिवस मनाउने पाकिस्तानको घोषणा

न्यूजकारखाना, काठमाडौ । पाकिस्तानी प्रधानमन्त्रीले भारत विरुद्ध सफल सैन्य अपरेशनको सम्झनामा यूम ए ताशाकुर (कृतज्ञता दिवस) घोषणा गरेका छन् । प्रधानमन्त्री शेहबाज सरिफले घोषणा गरेका छन् कि देशले भारतीय आक्रमणको पाकिस्तानको उचित जवाफ र अपरेशन बुन्यान उम मार्सोसको सफलतालाई चिनाउन यूम ए ताशाकुर मनाउने भएको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार भगवानप्रति कृतज्ञता […]

भारत र पाकिस्तानबीच युद्धविराम

काठमाडौ । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ। दुवै देशका सैन्य प्रमुखहरूबीच आज दिउँसो ३:३५ बजे भएको टेलिफोन संवादपछि युद्धविरामको सहमति जुटेको हो । सहमति अनुसार, शनिबार साँझ ५ बजेदेखि नै स्थल, जल, र आकाशमार्गबाट हुने सबै प्रकारका सैन्य कारबाहीहरू रोकिएका छन् । यो युद्धविराम अमेरिका, साउदी अरेबिया, र टर्कीको मध्यस्थतामा सम्भव भएको बताइएको छ। […]

सवारी ज्यानमा जेल सजाय पाएका चाँगुनारायणका सुदिप ५ वर्षपछि पक्राउ

भक्तपुर । सवारी दुर्घटनासम्बन्धी ज्यान मुद्दामा फरार रहेका भक्तपुर चाँगुनारायण नगरपालिका–५ का ३८ वर्षीय सुदिप बनलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जिल्ला अदालतले २०७६ साल चैत २ गते उनलाई ६ महिनाको जेल सजाय र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला भएपछिकाे समयदेखि फरार रहेका बनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले खटाएको प्रहरी […]

मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तरदक्षिण करिडोर हामीले शुरु गरेका हौं – प्रचण्ड

पाँचथर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारले सुरु गरेको बताएका छन् । पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै शनिबार उनले सोकुरा बताएका हुन् । भर्खरै सम्पन्न […]

नेपाली संसद पुँजीपतिहरुको सञ्चालक समिति सावित – मेयर प्रजापति

भक्तपुर । नेपाली संसद पुँजीपतिहरुको सञ्चालक समिति सावित भएको भक्तपुर नगरपालिकाको मेयर सुनिल प्रजापतिले आरोप लगाएका छन् । कम्युनिस्ट नेता कार्ल मार्क्सले संसद पुँजीवादी व्यवस्थाको सञ्चालक समिति हुने उतिबेला भनेको कुरा नेपालमा अहिले पनि चरितार्थ भइरहेको अधिवक्तासमेत रहेका नगर प्रमुख प्रजापतिले आरोप लगाएका हुन् ।  भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल’ ले कानुन दिवसको […]

मानव वेचविखन र बसाइसराइबारे पाठ्यपुस्तकको परिभाषा अपुरो – पौडेल

काठमाडौ । महिलावादी नेतृ तथा “साहस” पुस्तककी लेखक मीना पौडेलले मानव वेचविखन र बसाइसराइ बारे पाठयपुस्तकमा दिइएको परिभाषालाई नै परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याएकी छन् । शिक्षा पत्रकार समूहले “पढ्ने बानी बसालौं” श्रृङखला अन्तर्गत शुक्रबार अनामनगरमा गरेको पुस्तक चर्चा कार्यक्रममा बोल्दै उनले मानव बेचविखनको ट्रेन्ड नै बदलिएकोले अव यस्को परिभाषालाई नै परिमार्जन गर्नुपर्ने बताएकी हुन् । […]

भाजपा सांसदको हलिउडमा डेब्यु

न्यूजकारखाना, मुम्बई । भारतीय अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले हलिउड चलचित्रमा डेब्यु गर्ने भएकी छिन् ।  राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगनाले हलिउड हरर ड्रामा ‘ब्लेस्ड बी द इभिल’ मा मुख्य भूमिका निर्वाह गर्ने भएकी हुन् । रिपोर्टका अनुसार रनावतले फिल्ममा टायलर पोसे (टिन वुल्फ) र स्कारलेट रोज स्टेलोन ‘टल्सा किंग’ […]

निजी विद्यालयका शिक्षकको कुटाइबाट बालक अस्पताल भर्ना

मुकेश कुमार यादव, सिरहा ।  सिरहाको एक निजी विद्यालयमा शिक्षकको कुटाइबाट एक जना विद्यार्थी घाइते भएका छन्। गोलबजार नगरपालिका–७, चोहर्वास्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्ताले कक्षा ८ मा अध्ययनरत नरहा गाउँपालिका–३, खोरीयाका १३ वर्षीय अविनाश यादवलाई निर्घात कुटपिट गरेका हुन्। अविनाश सुरेश यादवका छोरा हुन्। परिवारजनका अनुसार, कक्षाकोठामा पढाइ भइरहेका बेला शिक्षक गुप्ताले अविनाशलाई […]

नबिल बैंकको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना

काठमाडौ । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ । यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क […]