लामाे समयदेखि द्वन्द्वरत दुर्इ कोरियाबीचकाे सम्बन्ध सुदृढ गर्न भन्दै दक्षिण काेरियाका राष्ट्रपतिले उत्तर काेरियासँग वार्ताका लागि प्रस्ताव गरेका छन् । मंगलवार दक्षिण काेरियाले याे प्रस्ताव उत्तरलार्इ पठाएकाे हाे । नवगठित दक्षिण काेरियाली राष्ट्रपति मून जे इन ले दुबै देशले अाफ्ना सीमावर्ती क्षेत्रमा दुबै अधिक सैनिकीकरणकाे अन्त्यका लागि वार्ता गर्नु जरुरी भएकाेले याे प्रस्ताव पठाइएकाे प्रतिक्रिया […]
ननस्टप विशेष
सक्कली डिएसपीलार्इ फोन गरेर थर्काउने नक्कली डिआइजी पक्राउ
चरिकोट, २ साउन । आफूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी नायब महानिरीक्षक बनेर ढुङ्गेललाई फोन गर्ने रामेछापको खाँडादेवी गाउँपालिका–२ का ५२ वर्षीय मानबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो। उनले सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई […]
मान्छेको ज्यान लिने काठमाडाैंका यी खतरानाक भ्वाङ
काठमाडौं, २ साउन । मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन्। कसैले ,स्मार्ट सिटी, स्याटेलाइट सिटी, त कसैले ‘मोनोरेल’ संचालन र फ्लाइओभर निर्माण, कसैले निशुल्क वाइफाईको व्यवस्थाजस्ता आश्वासन दिएर नगरलाई सुविधासम्पन्न बनाउने सपना बाँड्न भ्याइसके। तर, काठमाडौं महानगरपालिकाकै बासिन्दा धूवाँ–धूलो, हिलो र ढलबाट मुक्त […]
प्रचण्ड फेरि प्रधानमन्त्री । यस्तो छ गोप्य योजना
काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७५ सालसम्ममा तीनवटै तहको निर्वाचन गर्ने मनसाय बनाएका छन् । असोजअघि नै संविधान संशोधन गर्ने र त्यसपछि दुई नम्बर प्रदेशको चुनाव गर्ने देउवाको तयारी रहेको छ । स्रोतका अनुसार प्रदेशको यसै वर्षको अन्तिमतिर र केन्द्रको ०७५ साल जेठमा चुनाव गर्ने विषयमा उनले सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]
नेपालमा इन्टरनेट: शुल्क महङ्गिदै प्रयोगकर्ता थपिदै
काठमाडाै, ३१ असार । अरु देशका तुलनामा नेपालमा इन्टरनेटकाे शुल्क निकै महङ्गाे भए पनि प्रयाेगकर्ता भने बढ्दै गएकाे छ । पछिल्लाे समय इन्टरनेटकाे पहुँच र प्रयाेग नेपाली समाजमा व्यापक रुपमा बढ्दै गएकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा इन्टरनेटका ग्राहक डेढ करोड पुगेका छन् । दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले टेलिफोन र इन्टरनेटसेवा प्रदायकका ग्राहक […]
सम्झना कार्ल मार्क्सकाे
सन् १९६४ मा ‘प्रथम अन्तर्राष्ट्रिय समाजवादी संगठन’को स्थापना भयो । प्रथम अन्तर्राष्ट्रियमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स मात्र थिएनन् । उनीहरूको विचारधारासँग सहमत नहुने राजनीतिक व्यक्ति, समूह र संस्था पनि यस संगठनमा आबद्ध थिए । यस संगठनमा मजदुर वर्गको बाहुल्य थियो । उन्नाइसौँ शताब्दीमा सिंगो युरोप र अमेरिकासमेत पनि औद्योगिकीकरणतर्फ बढिरहेका थिए । प्रथम अन्तर्राष्ट्रिय […]
पाँचै आयुक्तलार्इ करोडका गाडी किन्न टेन्डर आह्वान
काठमाडौं, ३१ असार । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तका लागि महँगो गाडी खरिद गर्न निर्वाचन आयोगले टेन्डर आह्वान गरेको छ। तत्काल नयाँ गाडी आवश्यक नभएको र प्रक्रिया नपुर्याई महँगो गाडी खरिद गर्न नहुने अडान राखेका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरेपछि टेन्डर आह्वान गरिएको छ। प्रमुख निर्वाचन आयुक्त यादवसहित आयुक्तहरूको दबाबमा सचिव मैनालीलाई […]
भत्ता काटिएपछि राजधानीमा ट्राफिक जाम बढ्यो
काठमाडौं, ३० असार । गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन । सवारीसाधन ब्यवस्थापनमा खटिएका उनीहरु चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका छन् । गल्ती गर्नेलाई चिट काटिहाले पनि तिनको अनुहार पहिलेजस्तो हँसिलो हुँदैन । केही साता अघिसम्म लेन मिच्नेलाई तत्कालै राकेर जरिवानाको चिट काट्ने ट्राफिकलाई अचेल लेन मिच्नु […]
भैरव अर्यालको भानुभक्तमाथिको झटारो- अमरावति कान्तिपुरी नगरी
‘उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस–उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुकाएर मनग्ये ठेली लेख्नै पाइएन’ स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशी–पार्कमा टुसुक्क बसेर अपशोचको एक सुस्केरा हाले । उर्वशी– पार्कको रमिता बयान गरिनसक्नु थियो । त्यसमाथि बिर्खे टोपी र छड्के पछ्यौराको कसिएका निकै पुड्का […]
मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त
काठमाडौँ, २९ असार । सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो । विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिनुभएका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतमा सेवा प्रवेश […]











