काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)को केन्द्रीय ‘कमाण्ड’ घोषणा गरेको छ। एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेश समेटिएको नयाँ संरचना घोषणा गरिएको हो। युवा संघका उपाध्यक्ष पुष्पराज श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय टोली गठन […]
ननस्टप विशेष
बारा घटनाबारे बोलिन् प्रधानमन्त्री
काठमाडौ । बाराको सिमरामा आज देखिएको तनाव र हिंसात्मक गतिविधिप्रति अन्तरिम सरकारकी प्रमुख सुशीला कार्कीले गम्भीर चिन्ता व्यक्त गरेकी छन्। हिंसा, तोडफोड र सार्वजनिक संरचनामा अवरोध कुनै पनि अवस्थामा लोकतन्त्रमा स्वीकार्य नहुने स्पष्ट पार्दै त्यस्ता कार्य नगर्न आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रता हरेक नागरिकको अधिकार भए पनि त्यसको नाममा सार्वजनिक सम्पत्ति क्षति पुर्याउने, […]
मंसिर ६ पछि प्रधानमन्त्रीले आफैं राजिनामा दिने महेश बस्नेतको दावी
काठमाडौ । पूर्वमन्त्री एवं नेकपा एमालेको पोलिटब्यूरो सदस्य महेश बस्नेतले मंसिर ६ मा हुने एमालेको विशाल प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले संसद पुनर्स्थापनाको माग गर्दै मंसिर ६ को एमाले सभा सरकारले सहन नसक्ने गरी प्रभावशाली हुने दाबी गरेका हुन् । सिमरा […]
दुर्गा प्रसाईंलाई रिहा गर्न ओलीको माग
काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंलाई बिनासर्त रिहा गर्न सरकारसँग माग गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले ‘बोलेकै भरमा प्रसाईंलाई थुनिएको’ भन्दै आपत्ति व्यक्त गरेका हुन् । ओलीले मानव अधिकार आयोगले समेत प्रसाईंको गिरफ्तारीलाई मानव अधिकार उल्लंघन भनेको भन्दै सरकारको आलोचना जारी राखे। “बोल्न पनि […]
मेयर सुनिल प्रजापति भन्छन्, “ओलीको अहंकारले क्षति ब्यहोर्नुपर्यो’
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेनजी आन्दोलनका क्रममा व्यापक क्षति हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ, घमण्ड, अहंकार र अदुरदर्शीता प्रमुख कारण रहेको बताएका छन् । एक रेडियो अन्तर्वार्ताका क्रममा उनले आन्दोलनमा ओली प्रमुख जिम्मेवार भएका बताए । “भ्रष्टाचारको अन्त्य र सुशासन कायम […]
सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप
बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा बुधबार बिहान जेन-जी युवा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बुधबार बिहान साढे १० बजे बुद्ध एयरमार्फत सिमरा विमानस्थलमा अवतरण गर्ने जानकारी सार्वजनिक भएपछि जेन्जी समूहले विरोध प्रदर्शन गर्न पुग्दा स्थिति एकाएक तनावग्रस्त बनेको हो । विरोधका बीच जेन्जी […]
भक्तपुरमा ‘वातावरणमैत्री विद्यालय र विद्यार्थी कार्यक्रम’ शुरु
भक्तपुर । ‘राष्ट्रको लागि दुई घण्टा’ अभियानले वातावरणमैत्री विद्यालय र विद्यार्थी कार्यक्रम शुरु गरेको छ। नेपाल फुलबारीको प्राविधिक सहयोग तथा मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा कार्यक्रम शुरु गरिएको अभियानका उपाध्यक्ष नरेश रन्जितले जनाएका छन् । कार्यक्रममार्फत विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक वातावरण संरक्षणका व्यवहारिक अभ्यास सिकाइने र लागू गराइने अभियानका अध्यक्ष मधु ढुङ्गेलले जानकारी गराए । गठ्ठाघरस्थित […]
जनस्वास्थ्यतर्फ ललितपुर, अस्पतालतर्फ भक्तपुर र आयुर्वेदमा सिन्धुली सर्वोत्कृष्ट
मकवानपुर । बागमती प्रदेश सरकार मातहत रहेका जनस्वास्थ्य कार्यालयहरूमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ । प्रदेशको राजधानी हेटौँडामा कार्तिक ३० गतेदेखि मंङ्सिर २ गतेसम्म भएको प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको वार्षिक समीक्षा गोष्ठीको समापनका अवसरमा जनस्वास्थ्य कार्यालय ललितपुरलाई उत्कृष्ट जिल्ला घोषित गरिएको हो । जनस्वास्थ्य कार्यालयले प्रदान गर्ने सेवासुविधा, […]
दुर्गा प्रसाईं पक्राउ
भक्तपुर । मध्यरातमा दुर्गा प्रसाईं पक्राउ परेका छन् । मथ्यपुर थिमिको निकोसेरास्थित निवासबाट उनी पक्राउ परेका हुन् । मङ्सिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका उनलाई मध्यरातमा प्रहरीले पक्राउ गरेको हो । वार पारको आन्दोलन गर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका प्रसाईंलाई प्रहरीले पक्राउ गरेको एक स्थानीयले अवगत गराएका हुन् । मेडिकल ब्यवसायी प्रसाईं पछिल्लो समय राजनीतिक […]
बिबाहेत्तर सम्बन्धले लियो ज्यान, प्रेमी पक्राउ
कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिकाकी २४ वर्षीया बिमला शाहीको मृत्यु आत्महत्या नभई हत्या भएको खुलासा भएको छ। कात्तिक २३ गते राति आफ्नै घरमा मृत भेटिएकी बिमलालाई उनका १९ वर्षे प्रेमी अमिन शाहीले हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको हो। मृतक बिमला बिबाहित थिइन् । बिबाहको दुई महिनामै उनका श्रीमान बिदेश गएका थिए । त्यसयता […]











