माओवादी केन्द्र आन्दोलनको भाव पक्रने पहिलो पार्टी : मंसिरमा विशेष महाधिवेशन, चुनावबाट नेतृत्व चयन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) जेन-जी आन्दोलनले उठाएको भावनाअनुसार अघि बढ्ने पहिलो राजनीतिक दल बनेको छ । पार्टीको पदाधिकारी बैठकले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय सबै कमिटी भङ्ग गर्दै आउँदो मङ्सिरमा नयाँ नेतृत्व चयनका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा आइतबार बसेको पदाधिकारी बैठकले असोज ८ गते […]

डिपी ढकालको प्रश्न- महानगर जलिरहँदा पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?

Dp dhakal

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै नायक वा महानायकले नगर्ने स्पष्ट पारेका छन् । बौद्धिक नेताको पहिचान बनाएका ढकालले ‘अरुलाई नायक र आफूलाई नालायक ठान्ने’ प्रवृत्तिले नै देशलाई पछाडि पारेको बताए । ढकालका अनुसार हामी अझै नायक खोज्ने दौडमै छौं तर,नायक ठानेका व्यक्तिहरू नै पछि निराशाजनक […]

निमन्त्रणामा नयाँ नेतृत्व, न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति निर्वाचित

भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ जगातीस्थित निमन्त्रणा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार लोहकिल्थली(लोकन्थली)मा सम्पन्न साधारण सभाबाट सुरेश न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन्। न्यौपानेको नेतृत्वमा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक हरिगोपाल कर्माचार्यले जनाएका हुन् । सञ्चालक समितिको उपाध्यक्षमा सीता पोखरेल, सचिवमा इन्दिरा अधिकारी र कोषाध्यक्षमा बसन्त पौडेल […]

आन्दोलनको बहानामा पाँच तले मन्दिर ध्वस्त पार्ने षडयन्त्र थियो : विजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले जेनजी आन्दोलनको बहानामा पाँंचतल्ले मन्दिर (ङातापोल)लाई ध्वस्त पार्ने षडयन्त्र गरिएको खुलासा गरे । गुन्हीपुन्ही सापारु अर्थात् गाइजात्रा- २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाका विजयी सांस्कृतिक समूहहरुलाई पुरस्कार वितरण एवम् सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई बिहीबार […]

आन्दोलनमा षडयन्त्र देखिएको प्रचण्ड दावी, स्वतन्त्र छानबिनको माग

Prachanda

काठमाडौ । लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेन–जी आन्दोलनले उठाएका मागहरू आफूहरुले १० वर्षअघि नै संविधानसभामा फरक मतका रुपमा दर्ज गरेको बताए । “त्यतिबेला हाम्रो संख्या नपुगेका कारण हामी सम्झौतामा गएका थियौं, आजको जेन–जी आन्दोलनले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारीको माग त्यतिबेलै हाम्रो प्रमुख एजेण्डा थियो।” प्रचण्डले प्रष्ट पारे । […]

असोज १६ गते बिहान ११ बजेर ५३ मा टीकाको शुभ साइत

काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष विजया दशमी (दशैं)को महत्वपूर्ण शुभसाइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालद्वारा हस्ताक्षरित सूचनामा असोज ६ गतेदेखि सुरु हुने नवदुर्गा पूजासँगै दशैंका दिनसम्बन्धी साइत उल्लेख गरिएको छ। यस वर्षको साइत अनुसार अशोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा घटस्थापना शुरु हुने बताइएको छ । […]

आज सोमबार मन्त्रीमण्डल बिस्तार हुने, यी हुन् मन्त्रीका सम्भावित अनुहार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेकी छिन्। एकै जना मन्त्रीलाई २–३ वटा मन्त्रालय जिम्मा दिनेगरी सानो संरचना बनाइने योजनासहित उनले सोमबार मन्त्रीहरु राख्न लागेकी हुन् । हाल २१ वटा मन्त्रालय रहेका भए पनि कार्कीले यसलाई अधिकत्तम ८ जना मन्त्रीबाटै काम चलाउने तयारी गरेकी छन् । यसका लागि दक्ष र इमानदार मन्त्रीहरु […]

रास्वपा नेतृ सुमना श्रेष्ठले गरिन् पार्टी परित्यागको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं पूर्वमन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा पार्टीभित्र गल्ति स्वीकार नगर्ने, आलोचनालाई दबाउने तथा मिडिया ट्रायल गर्ने प्रवृत्ति चर्किएको भन्दै असन्तुष्टि प्रकट गरेकी छन्। उनले भनिन्, “कहिल्यै गल्ति नस्विकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नु पर्ने […]

संसद विघटनको पक्षमा उभिए माओवादी केन्द्रका उपमहासचिव

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का उपमहासचिव हरिबाेल गजुरेल प्रतिनिधि सभा विघटनको पक्षमा उभिएका छन् । वर्तमान परिस्थितिलाई निकास दिनका लागि प्रतिनिधि सभा विघटन आवश्यक रहेको उनले बताएका हुन् । उनले प्रतिनिधि सभा विघटन आवश्यक थियोे भन्ने कुरा जनताले अनुभव गरिरहेका बताए । विघटनमा प्रक्रियागत त्रुटि भएपनि अहिलेको आवश्यकता भएको उनको भनाइ छ । ‘संसद् विघटनमा […]

संविधान भित्रैबाट निकास निकाल्न प्रयासरत राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान परिस्थितिमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको संरक्षणका लागि सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार जारी गरेको अपिलपत्रमा संविधानको दायराभित्र रहेर मुलुकलाई निकास दिन सकिने विषयमा निरन्तर विचार–विमर्श र प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न छिटो सम्भाव्य समाधान खोज्नुपर्नेमा […]