काठमाडौं, २७ असोज । आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि पद धरापमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । पार्टी केन्द्रमा शिर्ष नेताहरुको सहयोगमा उनले आफ्नो पद जोगाउन सफल भएका हुन् । स्रोतका अनुसार पार्टी केन्द्रमा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालबीच कर्णाली प्रदेशमा देखा परेको समस्या सुल्झाउने बारे सहमति […]
ननस्टप विशेष
सोमवार फेरि बढे संक्रमित, ४ हजार ४७ जनामा संक्रमण पुष्टि
काठमाडौं, २६ असोज । नेपालमा कोरोना संक्रमणको दर फेरि बढेको छ । सोमवार २४ घण्टामा ४०४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार पाँच हजार नाघेको संक्रमण आइतबार भने २ हजारा झरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार देशभरका प्रयोगशालामा १४५३० नमूना परीक्षण गर्दा १५६५ महिला र २४८२ पुरुषमा संक्रमण पुष्टि भएको […]
आइतबार २४ घन्टामा थपिए २०७१ जना कोरोना संक्रमित, उपत्यकामा मात्र १४१६
काठमाडौं, २५ असोज । शनिवार संक्रमणले उच्च अंक लिएको नेपालमा आइतबार भने कम संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आइतबार २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार संक्रमितको संख्या पाँच हजार नाघेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १२,४२७ नमूना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको […]
अन्ततः सरकारले डा.केसीसँग ग¥यो फेरि ८ बुँदे सहमति, अनसन आइतबार मात्र तोडिने
काठमाडौं, २४ असोज । सत्याग्रही डा. गोविन्द केसीसँग सरकारले फेरि ८ बुँदे सहमति गरेको छ । डा.केसीका तर्फबाट सहभागी भएको वार्ता टोली र सरकारका प्रतिनिधित्व गर्ने वार्ताटोलीबीच सो सहमति भएको हो । सहमतिपछि डा. केसीको अनसन तोडिने भएको छ । उनी २७ दिनदेखि अनसनमा बसेका छन् । सरकारी वार्ता टोलीका संयोजक गोपी मैनाली र डा. […]
काठमाडौं उपत्यकामै भेटिए २६७२ संक्रमित
काठमाडौं, २४ असोज, । देशभर संक्रमित थपिने संख्या पाँच हजार नाघ्दा काठमाडौं उपत्यकामा पनि संक्रमण ह्वात्तै बढेको छ । शनिवार काठमाडौं उपत्यकामा पनि संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २१०० संक्रमित थपिएका छन् । ललितपुरका […]
देशभर २४४० जना संक्रमित थपिदा उपत्यकामा १५३१ जना
काठमाडौं, १९ असोज । कोरोना भाइरसका संक्रमित थप हुने क्रमममा सोमवार थप २४४० जनामा संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा १३७८१ नमूना परीक्षण गर्दा ९३७ महिला र १५०३ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पनि काठमाडौं उपत्यकाका सबैभन्दा बढी संक्रमित फेला परेको जनाएको छ । सोमवार उपत्यकामा १५३१ संक्रमित थपिएका […]
प्रम निवासमा कोरोनाको बिगबिगी, तीन सल्लाहकारसहित बालुवाटार भित्र काम गर्ने ७४ जनामा कोरोना
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकारसहित ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बालुवाटारस्थित एक उच्च स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकारहरु बिष्णु रिमाल, सूर्य थापा, राजन भट्टराई, निजी सचिव इन्द्र भण्डारीसहित कुल ७४ जनामा शनिबार संक्रमण देखिएको हो। नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका […]
फेरि मनपरि निर्णय गर्न थालेको भन्दै प्रधानमन्त्री ओलीलाई भिम रावलले दिए चेतावनी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सरकारमा मनपरी जथाभावी निर्णय गर्न थालेको भन्दै सत्तारुढ दलका नेता भिम रावलले आक्रोश पोखेका छन् । यसअघि पार्टी स्थायी समिति र सचिवालयमा महत्वपूर्ण राजनीतिक नियुक्ति गर्ने गर्ने निर्णय गरे पनि त्यसको उल्लंघन गर्दै प्रधानमन्त्री पार्टीमा फेरि संकटको पुनरावृत्ति हुने गरी काम गर्न थालेको उनले दावी गरेका छन् । […]
कोरोनाको निहुँ बनाएर पत्रकार निस्कासन गर्ने मिडिया हाउस विरुद्ध चरणबद्ध आन्दोलन सुरु
काठमाडौँ । विभिन्न सञ्चारसंस्थाबाट पीडित भएका पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका छन्। कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने गरिएका पत्रकारहरुले चरणबद्ध आन्दोलनको घोषणा गर्दै पहिलो चरणमा पाँच दिने रिले अनसन सुरु गरेका हुन् । नेपाल पत्रकार महासंघको समन्वयमा बिहीबार पीडित […]
नारायणी किनारलाई फोहोरको डम्पिङ साइट बनाइनु हुँदैन
चितवन । हाम्रो सुन्दर, स्वच्छ र हराभरा नेपालको केन्द्रबिन्दुमा रहेको नारायणी नदी किनार(पुलचोक देखि नारायणी दोभान)सम्म र नारायणी नदी भित्र रहेको टापुहरु(नगरबन र भगांलो)जंगलमा समेत गरी तत्कालिन भरतपुर नगरपालिका एवं हालको भरतपुर महानगरपालिकाको सम्पूर्ण फोहर बिर्सजन गर्न थालेको १४।१५ बर्ष भईसकेको यहाँका स्थानियहरु बताँउछन् । म यो क्षेत्रमा बसोबास गर्न थालेको १० बर्ष भईसकेको हिसाबले […]








