विप्लवसँग वार्ता गर्न सरकारले बनायो बार्ता टोली

काठमाडौं, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापा बादललाई दिइएको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एक विज्ञप्ति जारी गर्दै विप्लवसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् । वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको मन्त्री गुरुङले जानकारी दिएका छन् ।

ययसैबीच विप्लवले पनि सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेका छन् । विद्रोही नेकपाको तर्फबाट वार्ता टोलीको नेतृत्व खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड(ले गर्ने बताइएको छ । टोलीमा प्रकाण्डसहित तीन सदस्यीय रहेको बताइएको छ ।

Loading...