पाँच बुँदे प्रतिवद्धतासहित १३ पत्रकार संगठनद्वारा संयुक्त विज्ञप्ति जारी

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गर्दै १३ वटा पत्रकार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विभिन्न राजनीतिक पार्टी र स्वतन्त्ररुपमा संक्रिय संगठनहरुले पाँच बुँदे प्रतिवद्धतासहित सोमबार संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तीनवटै तहमा विचार, आस्थासहित उत्पीडित क्षेत्र, लैगिंक जाति र भाषागतरुपमा पूर्ण समावेशिताको ग्यारेण्टीका लागि दवावको लागि राष्ट्रिय अभियान चलाउने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघलाई साझा बनाउन सबै संघसंगठनको अनिवार्य सम्मानित प्रतिनिधित्व हुनेगरी सबै संगठनलाई प्रतिवद्धताका लागि आह्वान गर्ने र आफूहरुको तर्फबाट नेतृत्वदायी भूमिकामा सुनिश्चित गराउन अन्य सबै संघ÷संगठनहरुसँग वार्ता–संवाद थाल्ने निर्णय समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संयुक्त विज्ञप्तिमा राष्ट्रिय दलित पत्रकार मञ्चका अध्यक्ष विनोद पहाडी, क्रान्तिकारी पत्रकार संगठन, नेपालका महासचिव बाबुराम भुसाल, प्रेस सेन्टर नेपालका सचिव भीमबहादुर बिक, जागरण मिडिया सेन्टरका अध्यक्ष रेशबहादुर बिक, लोकतान्त्रिक छापामााध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, संचार गृहका पीडित पत्रकार÷कर्मचारी संयुक्त संघर्ष समितिका अध्यक्ष धमेन्द्र कर्ण, स्थानीय पत्रकार नेपालका अध्यक्ष शंकरप्रसाद ज्ञवालीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
त्यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, स्वतन्त्र पत्रकार संगठन नेपालका संयोजक एलएस लामा, देशभक्त पत्रकार संघका संयोजक तेजेन्द्र प्रसाई, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी र अनलाइन मिडिया नेटवर्ककाका महासचिव लोकश लिवाङ लिम्बुले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
यस्ता छन् पाँच बुँदे प्रतिवद्धता

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका सन्दर्भमा हामी तपसिलका सञ्चार सम्बद संघ÷संगठनहरु एकतावद्ध भई महासंघको चरित्रलाई साझा र स्वरोजगार एवं श्रमजीवीमैत्री बनाउन हामीहरु दृढ संकल्पित छौं, निम्न लिखित ५ बुँदे संकल्प र प्रतिवद्धता पूरा गर्न हामी सहमत भएका छौं ।
१) नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तिनवटै तहमा विचार, आस्थासहित उत्पीडित क्षेत्र, लैगिंक जाति र भाषागत रुपमा पूर्ण समावेशिताको ग्यारेण्टीका लागि दवावसहितको राष्ट्रिय अभियान चलाउने ।
२ ) महासंघलाई श्रमजीवी पत्रकार र स्वरोजगारकर्मीहरुको अभिभावक संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने, साथै साना तथा स्वरोजगार मिडिया र ‘न्यु मिडिया’को संरक्षण र प्रवद्र्धनमा निर्णायक भूमिका खेल्ने ।
३) श्रमजीवी पत्रकारहरूको पेशागत, भौतिक, सामाजिक एवं अर्थ सुरक्षाका लागि महासंघको जारी आन्दोलनलाई अझ उन्नत स्तरमा उठाउन हाम्रा संगठनका सबै तह र निकायलाई परिचालन गर्ने, मुद्दामा सहमत सबै संघ÷संगठनसँग दिर्घकालीन सहकार्य गर्दै दवावमूलक अभियान चलाउने ।
४) पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, नागरिकका राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकारको ग्यारेण्टी, मिडियामैत्री कानुन निर्माण र श्रमजीवी मैत्री ऐन बनाउन एवं सञ्चार क्षेत्रलाई पारदर्शी, आत्मनिर्भर, विस्वसनीय बनाउन पहल गर्ने ।
५) महासंघलाई साझा बनाउन सबै संघ संगठनको अनिवार्य सम्मानित प्रतिनिधित्व हुने गरी सबै संगठनलाई प्रतिवद्धताका लागि आव्हान गर्ने । हाम्रा संघ÷संगठनका तर्फबाट नेतृत्वदायी भूमिकामा सुनिश्चित गराउन अन्य सबै संघ÷संगठनहरुसँग वार्ता–संवाद थाल्ने ।

 

Loading...